
क्रिस मोरिसको विकेट लिएपछि दिल्लीका खेलाडीहरु खुशी साट्दै ।
अबुधावी, जायद(एजेन्सी)-जित्नै पर्ने दबावका बीच निकै महत्वपूर्ण खेलमा रोयल च्यालेन्ज बैंग्लोरले दिल्ली क्यापिटल्सलाई १५३ रनको लक्ष्य दिएको छ ।
आईपिएलको ५५ औं खेल अन्तर्गत सोमबार अबुधावीस्थित जायद क्रिकेट मैदनमा भएको खेलमा पहिलो विकेट सस्तैमा गुमाएको रोयलले दोस्रो विकेटको लागि कप्तान विराट कोहली र देवीदत्त पड्डीकल बीच ५७ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरे ।
रविचन्द्र अश्विनले विराट कोहलीलाई २९ रनमा पभेलियन तर्फ पठाएपछि साझेदारी टुट्यो । पड्डीकलले अर्धशतक पुरा गरे । ४१ बल खेल्दै ५० रन बनाउँदै खेलिरहँदा उनी एनरिच नोर्टजेले आउट गरेपछि रोयलको इनिंगलाई एबीडि भिलियर्स र सुभम दुवेले सम्हाले ।
जोस फिलिपे केवल १२ रनमै कासिगो राबडाले आउट गरेपछि रोयललाई पहिलो धक्का लाग्यो । कप्तान विराट कोहलीले सम्हालिएर खेल्ने क्रममा दोहोरो रनको योगफल तयार पारेपनि उत्कृष्ट लय भने देखिएन् ।
एनरिच नोर्ट्जेले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि रोयललाई थप तनाब र दबाव सृजना गरे । क्रिस मोरिसलाई शून्यमैआउट गरेका थिए ।
पाँचौ विकेटको लागि एबीडि भिलियर्स र सुभम दुवेले ३३ रनको साझेदारी निभाए । तर त्यो साझेदारी पनि लामो समय टिक्न सकेन् । कासिगो राबडाले आजिक्य राहाणेको हातबाट दुवेलाई आउट गरेपछि साझेदारी अन्त्य हुन पुग्यो ।
दुवेले १७ रन बनाएका थिए । भिलियर्स ३५ रनमा रनआउट भए । उनलाई राहाणेले रनआउट गरेका थिए । एनरिचले तीन र राबाडाले दुई विकेट लिदाँ रोयल च्यालेन्जर बैंग्लोरले ७ विकेटको क्षतिमा १५२ रनको योगफल तयार पारेको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…