
शिखर धवन र अजिंक्य राहाणे रन लिदैं ।
अबुधावी(एजेन्सी)-शिखर धवन र अजिंक्य राहाणेले दोस्रो विकेटको लागि ८८रनको साझेदारी गरेपछि दिल्लीले रोयल च्यालेन्जर बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै प्ले अफ सुरक्षित बनाएको छ ।
खराब प्रदर्शनलाई निरन्तरता दिने क्रममा पृथ्वी शले महत्वपूर्ण खेलमा पनि दोहोरो रन विहीनमै पभेलियन फर्किए । १५३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्दै प्ले अफ पक्का बनायो ।
शिखर धवनले महत्वपूर्ण पारी खेल्ने क्रममा अर्धशतक पुरा गर्दै जिम्मेवारी निभाए । उनले ४१ बल खेल्दै ५४ रन बनाउन ६ चौका हिर्काउँदै इनिंगलाई सम्मानजनक स्कोर तर्फ उकासेका थिए । साहबाज अहेमदले आउट गरेपछि साझेदारी टुटाएका थिए ।

राहाणेले पनि ऐनमौकामा अर्धशतकीय पारी खेल्दै दिल्लीलाई जितको लागि सहज बनाए । उनले ४६ बल खेल्दै ५ चौका र १ छक्का हिर्काउँदै ६० रन बनाएका थिए । उनलाई वाशिंटन सुन्दरले आउट गर्दै दिल्लीलाई दबाव दिने प्रयास गरे ।
तेस्रो विकेटको लागि राहाणे र श्रेयस ऐयर बीच २३ रनको साझेदारी निभाउँदै जित नजिक पुर्याए । ऐयर पनि सस्तैमा आउट हुने क्रममा ७ रन मात्रै बनाएका थिए ।
टस हारेर व्याटिंग गर्न क्रिजमा आएको रोयल च्यालेन्ज देवदत्त पड्डीकलको अर्धशतकीय पारीमा बैंग्लोरले १५२ रनको योगफल तयार पारेको थियो ।
आईपिएलको ५५ औं खेल अन्तर्गत सोमबार अबुधावीस्थित जायद क्रिकेट मैदनमा भएको खेलमा पहिलो विकेट सस्तैमा गुमाएको रोयलले दोस्रो विकेटको लागि कप्तान विराट कोहली र देवीदत्त पड्डीकल बीच ५७ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरे ।

रविचन्द्र अश्विनले विराट कोहलीलाई २९ रनमा पभेलियन तर्फ पठाएपछि साझेदारी टुट्यो । पड्डीकलले अर्धशतक पुरा गरे । ४१ बल खेल्दै ५० रन बनाउँदै खेलिरहँदा उनी एनरिच नोर्टजेले आउट गरेपछि रोयलको इनिंगलाई एबीडि भिलियर्स र सुभम दुवेले सम्हाले ।
जोस फिलिपे केवल १२ रनमै कासिगो राबडाले आउट गरेपछि रोयललाई पहिलो धक्का लाग्यो । कप्तान विराट कोहलीले सम्हालिएर खेल्ने क्रममा दोहोरो रनको योगफल तयार पारेपनि उत्कृष्ट लय भने देखिएन् ।
एनरिच नोर्ट्जेले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि रोयललाई थप तनाब र दबाव सृजना गरे । क्रिस मोरिसलाई शून्यमैआउट गरेका थिए । पाँचौ विकेटको लागि एबीडि भिलियर्स र सुभम दुवेले ३३ रनको साझेदारी निभाए ।

तर त्यो साझेदारी पनि लामो समय टिक्न सकेन् । कासिगो राबडाले आजिक्य राहाणेको हातबाट दुवेलाई आउट गरेपछि साझेदारी अन्त्य हुन पुग्यो । दुवेले १७ रन बनाएका थिए । भिलियर्स ३५ रनमा रनआउट भए ।
उनलाई राहाणेले रनआउट गरेका थिए । पछिल्लो सात बलमा बैंग्लोरले तीन विकेट गुमाएको थियो । एनरिचले तीन र राबडाले दुई विकेट लिदाँ रोयल च्यालेन्जर बैंग्लोरले ७ विकेटको क्षतिमा १५२ रनको बनाएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…