
ईशान्त शर्मा
एजेन्सी-अष्ट्रेलिया विरुद्ध हुने टेष्ट सिरिजमा भारतीय खेलाडी रोहित शर्मा र ईशान्त शर्मा भारतीय टोलीमा समावेश गरिएको छैन् । भारतका ओपनिङ व्याट्सम्यान रोहित शर्मा र तेज बलर ईशान्त शर्माको फिटनेस समस्याकै कारण टोलीबाट बाहिर रहेका छन् ।
आगामी १७ डिसेम्बरबाट टेष्ट सिरिज हुने छ । उनीहरु दुईवटा टेष्ट म्याच खेल्ने पाउने छैनन् । अष्ट्रेलिया टुरमा रहेको भारतले चार टेष्ट सिरिज खेल्ने छ । फ्रेन्चाईज लिग आईपिएलमा सर्वाधिक सफल कप्तान मानिएका रोहित घाईते भएका छन् ।
ईशान्त शर्माको बलिङ फिटनेसमा समस्या रहेको भारतीय क्रिकेट बोर्ड(बिसिसिआई)ले जनाएको छ । रोहितको भने ह्यामस्ट्रिङमा समस्या रहेको छ । बिसिसिआई बोर्ड स्रोतका अनुसार ईशान्त शर्माले टी-२० बलिङमा केवल चार ओभर गर्ने हुदाँ ठिकै छ । तर टेष्टमा कम्तीमा चार हप्ता नियमित बलिङ गरेको हुनुपर्छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…