ओलम्पिकमा क्रिकेटलाई समावेश गर्न बिसिसिआईको योजना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ९ गते २०७७ मा प्रकाशित


आईपिएलमा १० टिमको स्वीकृति

एजेन्सी-भारतीय क्रिकेट बोर्ड (बीसिसिआई)ले सन २०२२ देखि फ्रेन्चाईज क्रिकेट लिग आईपिएलमा १० टिम खेल्ने स्वीकृति प्रदान गरेको छ । बिहीबार भारतको अहेमदावादमा भएको बिसिसिआईको बोर्ड बैठकले १० टिम समावेश गर्ने स्वीकृत प्रदान गरेको हो । बोर्डको ८९ औंं बैठककै दश टिम समावेश गर्ने एजेण्डामा छलफल भएको थियो ।

आगामी चार महिनापछि अर्को संस्करणको आईपिएल हुदैं छ । सन २०२१ मा हुने आईपिएलमा भने आठवटै टिमले सहभागिता जनाउने छन् । बिसिसिआईको बैठकमा अर्को महत्वपूर्ण विषयमा समेत छलफल गरिएको जनाइएको छ । सन २०२८ मा अमेरिकाको लसएन्जलसमा आयोजना हुने ओलम्पिकका क्रिकेटलाई समावेश गर्ने विषयमा समेत छलफल गरिएको थियो । बिसिसिआईको प्रस्तावमा अन्तराष्ट्रिय क्रिकेट संस्था(आईसिसी) समेत सकारात्मक देखिएको छ ।

कोभिडकै समयमा समेत आईपिएलको संस्करण संयुक्त अरब इमिरेट्समा आयोजना गरिएको थियो । त्यही सन्दर्भमै आईपिएलमा १० टिम समावेश गर्ने विषयमा चर्चा शुरु भईसकेको थियो । बैठकमा बिसिसिआईका अध्यक्ष सौरभ गान्गुलीले पनि क्रिकेटको विकास र विस्तारको लागि दुई नयाँ शहरलाई समावेश गर्ने निर्णय गरिएको बताएका छन् । उनका अनुसार आईपिएलनको नक्सामा अझै ठूलो, अझ बढी विश्वभरका धेरै खेलाडीहरु अवसरहरु सृजना हुने छ ।

बिसिसिआईले प्रत्येक राज्यमा एक फेन्चाईज क्लब बनाउने अभियान छ । नयाँ फ्रेन्चाईज टोली जुन घरेलु आधारित हुने छन् । महाराष्ट्र, तामिल नाडु, कर्नाटका, तेलंगाना, राजस्थान, पश्चिम बंगाल छन् । अहेमदावाद, राजकोट, विशाखापट्टम, कोची र लखनउ शहरमा फ्रेन्चाईज टोलीको लागि नयाँ अन्तराष्ट्रिय खेल भेन्यु बन्न सक्ने छन् ।