
पोखरा(खेलाडी न्युज) पोखरा लेखनाथमहानगरपालिका प्रदेश नं ४ स्तरीय मेयर कपको फाईनलमा प्रवेश गरेको छ । महानगरपालिकाले उपाधिको लागि वालिङ नगरपालिकासँग खेल्ने छ ।
पहिलो सेमिफाईनल खेलेको महानगरपालिकाले गोरखा नगरपालिकालाई ८—१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि निकट पुगेको हो । कप्तान उत्तम गुरुङको फ्रिकिकबाट गोल गर्दै महानगरपालिकालाई अग्रता दिलाउँदा विजय श्रेष्ठले ह्याट्रिक गरे । विसान गुरुङले दुई र बेलप्रसादले दुई गोल गर्दै फराकिलो जित निकाल्यो । प्रतियोगिताका विजेताले रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई सम्मानस्वरुप रु पाँच पाँच हजार प्रदान गरिने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…