
पोखरा(खेलाडी न्युज)— सहारा क्लबले नकाउट फुटबलको १६ वर्ष वितायो । १६ वर्षेमा पाँच मनाङ मस्र्याङ्दी, पाँच नेपाल पुलिस क्लब, चार रुस्लान थ्री स्टार, एक अफ्रिकन युनाईटेड र एक आयोजक सहारा क्लबको नाममा उपाधि लेखिसकेको छ । उपाधिसँगै उत्कृष्ठ खेलाडीको हकमा पनि नजिता पाँच पटक नेपाल पुलिस क्लबका खेलाडीको पोल्टामा परिसकेको छ । १६ औं सस्करणको उत्कृष्ठ नेपाल पुलिस क्लबका विङ्गर रवि पासवान घोषित भए । विगतको संस्करणलाई हेर्दा २०६१ सालमा दिपक पौडेल, २०६२ सालमा अनन्त थापा, २०६५ सालमा जुमानु राई, २०६६ सालमा रितेश थापा उत्कृष्ठ खेलाडीबाट पुरस्कृत भईसकेका छन् । पहिलो आहा गोल्डकपको उत्कृष्ठ खेलाडी भने फ्रेण्ड्स क्लबका निराजन रायमाझी घोषित भएका थिए ।
२०६३ सालमा थ्री स्टारका प्रदीप महर्जन, २०६७ सालमा सन्जिब बुढाथोकी, २०७१ मा विजय गुरुङ घोषित भएको थिए । आयोजक सहाराले पनि तीन संस्करणमा उत्कृष्ठ खेलाडी पुरस्कार थापेको छ । २०६९ सालमा सहाराका अजित प्रजापति, २०७० मा हेमन गुरुङ, २०७३ मा सुजित गुरुङले उत्कृष्ठ खेलाडीको पुरस्कार थापेका थिए । २०६० सालमा मनाङ मस्र्याङ्दीका बसन्त थापा, २०७२ मा विश्वास श्रेष्ठ घोषित भएका थिए । २०६४ सालमा भने शसस्त्र प्रहरी बलका गणेश लावतीले उत्कृष्ठ बन्दै मोटरसाईकल प्राप्त गरेका थिए । २०६८ सालमा भने जावलाखेलका विशाल राई ए घोषित भएको आहा रारा गोल्डकपको इतिहासमा लेखिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…