
Manchester United's Alexis Sanchez during the Emirates FA Cup, fourth round match at Huish Park, Yeovil.
एजेन्सी— म्यानचेष्टर युनाईटेडले हर्डसफिल्डलाई २—० ले पराजित गर्दै इग्लिस प्रिमियर लिग लिगर म्यानचेष्टर सिटीसँग अंक कम घटाएको छ । युनाईटेडले दुवै गोल भने दोस्रो हाफमा सम्भव बनायो ।
स्ट्राईकर रोमेलु लुकाकुको गोलबाट अग्रता लिएको म्यानचेष्टर युनाईटेडले दोस्रो गोल भने अलेक्स सान्चेजले गरे । लुकाकुले हुवान माटाको क्रस बललाई दायाँ खुट्टाले हानेको बल बारको बायाँकुनाबाट भित्र छिरेपछि युनाईटेडले गोलको खुशी मनायो । भर्खरै मात्र आर्सनलबाट जनवरीमा ट्रान्सफर भएको सान्चेजले युनाईटेडमा डेब्यु गोल गरेका छन् । उनको युनाईटेडमा दोस्रो खेल थियो । भरपर्दा मिडफिल्ड पाउल पोग्बालाई पहिलो लाईनअपमा बेन्चमा राखिएको अवस्थामा पनि युनाईटेडले जित निकाल्यो । यद्यपी पोग्बा ६५ औं मिनेटमा जेसे लिङगार्डको ठाँउमा मैदान छिरेका थिए । बलमाथिको नियन्त्रण पनि युनाईटेडको ७४—२६ प्रतिशतको अवस्थामा थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…