
महिला क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिदैं ।
पोखरा-आगामी बैशाख पहिलो साता पोखरामा प्रो–३५ फ्रेण्डसिप महिला क्रिकेट सिरिज हुदैं छ । पोखरा क्रिकेट क्लबको आयोजना तथा वाईन किङ्गको मुख्य प्रायोजनमा आगामी बैशाख ३ र ४ गते दुई दिन महिलाहरुको क्रिकेट सिरिज हुने पोखरा क्रिकेट क्लबले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गरायो ।
सिरिज ३५ ओभरको खेलाईने छ । दुई दिन प्रतिस्पर्धा गर्ने छन् । पोखरा र काठमााडौंको एक–एक टिमको सहभागिता रहने प्रतियोगिता संयोजक गोविन्द प्रधानले जानकारी दिए । मदिरा व्यवसायी समितिका अध्यक्ष डिल्लीराम पनेरुले शनिबार पत्रकार सम्मेलनमा प्रतियोगिताको मुख्य ट्रफी सार्वजनिक गरे ।
पोखराको तर्पmबाट पोखरा क्रिकेट क्लव र काठमाण्डौको अल्फा एकेडेमी बीच हुने छ । प्रतियोगितामा विजयी हुने टिमले ट्रफी सहित प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी दुई खेलमा म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै आयोजक पोखरा क्रिकेट क्लवका अध्यक्ष निकेश श्रेष्ठले प्रतियोगिताबाट पोखरामा क्रिकेटतर्फ आकर्षित महिला खेलाडीहरुलाई थप उर्जा प्राप्त हुने विश्वास लिएको बताए ।
पोखरा क्रिकेट क्लवले महिला खेलाडीहरुका लागि प्रतियोगितात्मक रुपमा शुरुवात गरेको भएपनि आगामी दिनहरुमा अन्य कार्यक्रम तथा प्रतियोगिताहरु आयोजना गरिने उनको भनाई थियो । प्रतियोगितामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्रिकेटको अनुभव बटुलिसकेका खेलाडीहरुको सहभागिता रहने क्लवका उपाध्यक्ष उत्सव शाक्यले बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, क्लवका संस्थापक देवीप्रसाद गुरुङ्ग, क्लवका द्वितिय उपाध्यक्ष चन्द्र गुरुङ्ग जिम्मी, पूर्व खेलाडी ऋषिकेश शर्मा पौडेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…