
पोखरा(खेलाडी न्युज)—पोखरामा सितेरियो सेइको काई करातेको प्रशिक्षण हल निर्माण गर्न अमेरिकाको क्यालीफोर्निया स्थित हिमालयन फाउन्डेशन कर्पोरेशनले ३० हजार अमेरिकी डलर अर्थात करिव ३१ लाख सहयोग प्रदान गरेको छ ।
पोखरामा आयोजित कार्यक्रममा हिमालयन फाउन्डेशनका अध्यक्ष यज्ञलाल श्रेष्ठले उक्त रकम बराबरको चेक संघका अध्यक्ष सुष्मा गुरुङलाई हस्तान्तरण गरे । नेपालका पूर्व धावक र हाल अमेरिका बस्दै आएका श्रेष्ठले आफ्नो व्यवसायको केही रकम च्यारिटी मार्फत नेपालमा सहयोग स्वरुप प्रदान गर्दै आएको बताए ।
सन २००२ र २००३ मा कालिफोर्नियामा भएको १०० माइल दौडमा नेपालको झण्डा मुनी दौडेका उनले तेश्रो स्थान हात पारेको र विगतमा नेपाली खेलाडीले भोग्नु परेका समस्याका बारेमास्मरण गर्दै उनले भने–‘कुनै पनि खेलाडी भाइ बहिनीहरु पानीमा भिजेर प्रशिक्षण गर्नु पर्ने कुराको अन्त्य होस भन्नका लागि नै यो सहयोग प्रदान गरेका हौ ।’ श्रेष्ठले आफु पढेको विद्यालय सिन्धुपाल्चोकमा समेत विद्यालयलाई सुविधा सम्पन्न बनाएको र भुकम्प पिडितको सहयोगार्थ फाउन्डेशनका तर्फ बाट ३५ हजार डलर प्रदान गरेको बताए । उनले यस भन्दा अघिका चार वटा परियोजनाहरु सफलता पूर्वक सम्पन्न गरेको जानकारी दिए ।
फाउन्डेशनका अध्यक्ष श्रेष्ठले भने –‘हामीले यो पाँचौ परियोजना अन्तर्गत पोखराको कराते प्रशिक्षण हल निर्माणमा सहयोग गर्दैछौ र यो सहयोग जारी रहनेछ ।’ उनले उक्त प्रशिक्षण हल निर्माण गर्न थप १५ हजार डलर लाग्ने खर्च फाउन्डेशनले नै व्यर्होने समेत बताए । आफु अमेरिका बसाईको क्रममा सन २००६ मा उक्त फाउन्डेशन दर्ता गरेर विभिन्न च्यारिटी कार्यक्रम मार्फत नेपालमा सहयोग गर्दै आएको उनले बताए ।
कार्यक्रम सितेरियो सेइको काई कराते संघका संस्थापक अध्यक्ष फत्तबहादुर गुरुङले पोखराको चाउथेमा करिव ७ आना जग्गामा उक्त प्रशिक्षण हल निर्माण कार्य अघि बढाइएको बताए । कार्यक्रममा नेपाल आलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, फाउन्डेशनका महासचिव तेण्डु शेर्पा, राखेपका पूर्व सदस्य नम्वरी शेर्पा लगाएतको सहभागिता रहेको थियो । उक्त प्रशिक्षण हल करिव ५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको संघले जनाएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…