
पोखरा(खेलाडी न्युज)-
गोपीबहादुर भट्टराइले प्याराडिसो कप मन्थ्ली टेनिस प्रतियोगिताको उपाधी जितेका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा धरमसिंह लामिछानेलाई ६–३, २–६ र सुपरटाईमा १०–५ को प्रतिस्पर्धात्क सेटमा पराजित गर्दै गोपीले उपाधी जितेका हुन् । प्रतियोगिता अन्तर्गत नवप्रवेशितर्फ लक्ष्मण तामाङ्ग प्रथम भए । तामाङ्गले फाइनलमा विकाश भट्टराईलाई ६–२ र ७–५ को सेटमा पराजित गरेका हुन् । प्रतियोगिताका विजेताले नगद ५ हजार तथा उपविजेताले नगद २ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गरे । त्यसैगरि खुलातर्फ राजन विजुक्छे र नवप्रवेशितर्फ विष्णु वानियाँले उदियमान खेलाडीको उपाधी जिते ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट एण्ड ग्रिल बारको प्रायोजनमा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गले पुरस्कार वितरण गरे । सो अवसरमा उनले पोखरामा टेनिसले खेल पर्यटनको विकासमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । त्यसैगरी आयोजक टेनिस संघ कास्कीका अध्यक्ष विनोद कायस्थले मन्थ्ली टेनिस प्रतियोगिता पोखराको टेनिसमा नयाँ अध्यायको शुरुवात भएको बताउँदै यसले पोखराको टेनिसलाई थप उचाईमा पु¥याउने आशा व्यक्त गरे ।
यसैबीच प्रतियोगिताको अर्को संस्करण मेसुका स्पोर्टले आयोजना गर्ने भएको छ । संघ कास्कीका कोषाध्यक्ष समेत रहेका राजु गुरुङ्गले फागुणको २३ देखि २६ सम्म मेसुका कप खेलाउने घोषणा गरे । सोही अनुसार पहिलो संस्करणको प्रायोजक प्याराडिसोका सञ्चालक गोपी भट्टराईले गुरुङ्गलाई मन्थ्ली टुर्नामेण्टको झण्डा हस्तान्तरण गरे ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…