
धरान(खेलाडी न्युज)—पुलिसलाई पराजित गर्दै रुस्लान थ्री स्टारले बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । पोखराका मैदानमा हारेको पीडालाई भुल्दै थ्री स्टारले पुलिसलाई १—० को नतिजाले पन्छाउँदै उपाधि उचाल्यो । थ्री स्टारको लागि यो दोस्रो उपाधि हो । सिजनको दोस्रो उपाधि उचालेको थ्री स्टारले पहिलो भने इटहरी गोल्डकप उचालेको थियो ।
दश खेलाडीमा टुगिएको खेलमा निर्णायक गोल भने अजयी मार्टिन्सले गरे । पहिलो हाफको अन्तिम समयमा गोल गर्दै थ्री स्टारलाई उपाधि उचाल्ने बाटो खोले । खेलको २७ औं मिनेटमा पुलिसका हेम तामाङ र थ्री स्टारका पनि हेम तामाङ नै रातो कार्ड खाँदै बाहिरिए । त्योसँगै थ्री स्टारले आफना कप्तान विक्रम लामालाई पनि घाईते हुदाँको पीडामा उपाधिमा मलम लगायो । घाईते भएका लामालाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…