
एजेन्सी—ह्यारी केनको निर्णायक गोलमा टोटनह्यामले आर्सनलमाथि १—०ले पराजित गरेको छ । ४९ औं मिनेटमा केनले गोल गर्दै टोटनह्याम हट्सपरलाई तीन अंक जोडे । बेन डेभिसको क्रसमा डिबक्सको मध्यभागबाट हानेको हेड बल बारको बायाँकुनाबाट भित्र छि¥यो । खेलको ९ औं मिनेटमा मेसुट ओजिलको पासलमा ज्याक विल्सेरले बायाँ खुट्टाले हानेको प्रहार आउटसाईड बक्समा रोकियो । खेलको १४ औं मिनेटमा टोटनह्यामका एरिक डियरको हेडिङ बल पनि खेर गयो । क्रिष्टियन एरिकसनले हानेको कर्नरबल उपयोग गर्न खोजेका थिए । १८ औं मिनेटमा फेरी टोटनह्यामले अर्को अवसरलाई गुमाउन पुग्यो । डेले अलीको पासलाई सन ह्युङ मिनको प्रयास विफल भयो ।
२५ औं मिनेटमा टोटनह्यामका क्रिष्टियनको हेडिङ पनि खेर गयो । केईरन त्रिपरको पासलाई एरिकसनले हानेको बललाई गोलकपरले बचाउ गरे । मेसुट ओजिलले दिएको पासमा ४० औं मिनेटमा हेक्टर बेल्लिरिनको दायाँ खुट्टाले हानेको बल पनि आउटबक्स बारबाट थोरैले बाहिरियो । पहिलो गोलको दवावमा रहेको आर्सनलमाथि टोटनह्यामले ५२ औं मिनेटमा राम्रो मुभ बनायो तर सदुपयोग भने हुन सकेन् । ह्यारी केनको हेडिङ आउटबक्स नजिकैबाट बाहिरियो । एकपछि अर्को अवसर सृजना गर्ने क्रममा टोटनह्यामले ५७ औं मिनेटमा जन भर्टोन्गेनले क्रिष्टियनको पासलाई हेडिङ गर्दै बललाई पोष्टको दिशा दिन सकेनन् । बलमाथिको नियन्त्रण भने दुवैको आधा आधा नै थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…