
पोखरा (खेलाडी न्युज)—पानीले प्रभावित बनाएको खेलमा युएईले नेपाललाई ११५ रनको चुनौति दिएको छ । ३४ ओभरमा छोट्टाइएएको खेलमा नेपालले टस जित्दै बलिङ गर्ने निधो ग¥यो । व्याटिङको लागि क्रिजमा उत्रिएको युएईले साईमन अन्वारको ३० रनको योगदानमा ११५ रनको लक्ष्य तयार गरेको थियो । अदन मुफ्तीले १८ रन जोडे । गुलाम शाब्बरले १६, मोहम्मद बोटाले १५ रन बनाइ पवेलियन फर्किए ।
युएई ३१ ओभर खेल्दै ११४ रनमा अलआउट हुन पुग्यो । नेपाल बलर हावी हुने क्रममा सन्दीप लामिछानेले ७ ओभरमा एक मेडन राख्दै तीन विकेट लिए । त्यसैगरी सोमपाल कामीले पनि सात ओभरमै ४ विकेट लिदाँ ३० रन खर्चिइ । कप्तान पारस खड्काले भने दुई विकेट लिए । नेपालले आजको खेल जित्नै पर्ने दवावमा छ । यद्यपी बलरले युएईलाई सस्तैमा समेट्दा अबको केही बेरमै नेपालले जवाफी व्याटिङ थाल्ने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…