
धन बस्नेत,(खेलाडी न्युज)- चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेसमा दोस्रो दिन मंगलबार पुरुष तर्फ क्यानडेली करी वालेस दोस्रो दिनको प्रतिस्पर्धमा प्रथम भएका छन् । अघिल्लो दिन नेपाली खेलाडी नारायण गोपाल महर्जन भने सेकेण्ड स्टेज रेसमा दोस्रो स्थानमा चिक्त बुझाए । मंगलबार दोस्रो दिनको टास्क छोरेपाटनबाट शुरु भएको थियो । छोरेपाटन शिवालय, कृस्ति, मट्टिखान हुदैै पुन छोरेपाटनमा आएर टुंगिएको ५८ किलोमिटर दुरीको रेसलाई क्यानडाका वालेसले २ घण्टा ५३ मिनेट ५८ सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा रहेका महर्जनले ३ घण्टा ३ मिनेट ४९ सेकेण्डमा पुरा गरेका थिए । तेस्रो स्थानमा आएका राजकुमार श्रेष्ठ ३ घण्टा १२ मिनेट २८ सेकेण्डमा पुरा गरेका हुन् ।
महिला तर्फको प्रतिस्पर्धामा भने लक्ष्मी मगरले ४ घण्टामा लगाई दुरी पुरा गर्दै प्रथम भईन् । उन
अघिल्लो दिनको टास्कमा पनि प्रथम नै भएकी थिईन् । रोजा केसी दोस्रो भईन् । ५८ किलोमिटरको दुरीलाई उनले ४ घण्टा १९ मिनेट ५० सेकेण्डको समयमा पुरा गरिन् । उषा खनाल भने तेस्रो स्थानमा रहिन् । उनले दुरीलाई ४ घण्टा ३५ मिनेट पुरा गरिन् । पोखरामा पहिलो पटक आयोजित ‘पोखरा चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेस’ प्रतियोगिता अझै दुई दिन बाँकी छ । पहिलो दिन कास्कीको पामेबाट शुरु भई चापाकोट, तारेभिर, भुम्दी, पुम्दी, विश्वशान्ति स्तुपा, छोरेपाटान, स्तुपा सानो ताल हुदैं पामेमै पुगेर टुंगिएको थियो । कास्की जिल्ला साइक्लिङ संघको आयोजनामा सञ्चालित चारदिनको प्रतियोगितामा सबैभन्दा कम समयमा दुरी पुरा गर्ने च्याम्पियन बन्ने छ । भोलि तेस्रो दिन बुधबार बेगनासबाट शुरु टास्क भने सबैभन्दा लामो दुरीको हुने छ । बेगनास, कालिका, बेगनासताल, रुपाताल हुदैं बेगनासताल किनारमा पुगेर तेस्रो दिनको दुरी ८० किलोमिटरको छ । चौथो तथा अन्तिम दिन बाटुलेचौर, डाडाँगाँउ, अर्मलाकोट, अर्मलाडिही, महेन्द्रगुफाहुदैं बाटुलेचौरमा पुगेर सकिने रेसको भने ५२ किलोमिटरको हुने छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ का वडाध्यक्ष खगराज आचार्यले रेसको उदघाटन गरे । स्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार लगायतका खेलकुदका पदाधिकारीको उपस्थिति थियो । रेसमा निर्णायकको भूमिका अजय पण्डित, शंकर भण्डारी लगायत छन् । विहान औपचारिक कार्यक्रम गरी रेस शुरु गरिएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…