
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला बास्केटबल संघको आयोजनामा आजदेखि ‘दोश्रो टिभिएस आरटिआर राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिता’ शुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा शुरुभएको खेलमा एक्स एबीसीलाई पुन समाज पोखराले ८०—६८ स्कोरले पराजित गरेको छ । त्यसैगरी अर्को खेलमा पर्वतलाई ठमेल काठमाडौंले ६३—४३ को स्कोरमा पराजित गरेको छ ।
बतास ब्रदर्श प्रालिको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिता लिगकम नकाउटको आधारमा खेलाईएको छ । पोखराका चार टिम सहभागि छन् । पश्चिमाञ्चल भुपु सैनिक, एक्स एबीसी, पुन समाज र कास्की जिल्ला बास्केटबल संघको टिम सहभागि छ । त्यसैगरी पर्वत, तनहुँ, किर्तिपुर र ठमेलको टोली बाहिरी जिल्लाबाट गरी ८ टोलीको सहभागि रहेको प्रतियोगिता संयोजक नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…