
पोखरा(खेलाडी न्युज)—कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्श द्वारा प्रायोजित टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको उदघाटन खेलमा कास्की जिल्ला बास्केटबल संघ किर्तिपुर भेट्रान्ससंग ४३–३२ को स्कोरमा पराजित भएको छ ।
यस्तै बिहिबार नै सम्पन्न अन्य खेलमा पुन समाज कास्कीले एक्स एबिसीलाई तिलक पुनको व्यक्तिगत ५० स्कोर गरेपछि ८०–६८ ले पराजित ग¥यो । ठमेलका कर्मा गुरुङ व्यक्तिगत ३५ स्कोरमा काठमाडौको ठमेल युनाइटेडले पर्वत जिल्ला बास्केटबल संघ ६३–४३ को स्कोरले पराजित भयो । त्यसै गरि एक्स आर्मीले तनहुँ बास्केटबल संघलाई ७२–२० को स्कोरले पराजित गर्दा ठमेल युनाइटेडले तनहुँलाई ४५–२१ को स्कोरले पन्छायो । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जिसीले पोखरालाई खेलकुदको राजधानीको शहरको रुपमा बिकास गर्न महानगरले छिट्टै योजना बनाउने बताए । उनले पोखराको खेलकुद बिकासमा महानगरले आफुना नागरिकको स्वस्थ्यका विषयमा विशेष चासो दिंदै हरेक वडामा एक खेल मैदान बनाउने योजना समेत भएको बताए ।
कास्की जिल्ला बास्केटबल संघका नेत्र बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले बास्केटबल कोर्टलाई अत्याधुनिक बनाउन पहल सुरु भएको बताए । उनले खेलाडी बाट पदकको आशा गर्नु भन्दा पनि खेलाडीलाई अत्याधुनिक खेल स्थल उपलव्ध गराइनु पर्ने कुरामा जोड दिए । विभिन्न जिल्ला र अयोजक सहित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता फागुन ५ गते सम्पन्न हुने प्रतियोगितका संयोजक नारायण प्रसाद शर्माले जानकारी दिए । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने छन ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…