
एजेन्सी—इग्लिस फा कपको पाँचौ चरणमा चेल्सीले हलसिटीलाई ४—० गोलले पराजित गरेको छ । छ वर्ष आर्सनलमा विताएका ओलिभर जिराउडले चेल्सीको लागि डेब्यु गोल गर्दै चेल्सीमा आफनो स्थान खोज्न थालेका छन् । चेल्सीले हल सिटीलाई पहिलो हाफमै ४ गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा भने गोल भने हुन सकेन् ।
हल सिटीमाथि चेल्सीले दोस्रो मिनेटमा गोल गर्दै आफनो प्रभाव जमाउन शुरु गर्यो । विलियनले जिरोउडको पासलाई सदुपयोग गर्दै आउटसाईड बक्सबाट हानेको बल बारको देबे्रे कर्नरबाट भित्र छिरेपछि चेल्सीले स्पष्ट अग्रता लियो । २७ औं मिनेटमा पेड्रोले चेल्सीका लागि दोस्रो गोल थपे । सेस फेब्रिगासले दिएको थ्रो बललाई पेड्रोले हानेको बल पोष्टभित्र छिरेको थियो । ३२ औं मिनेटमा हल सिटीले तेस्रो गोलको सामना गर्यो । विलियनले व्यक्तिगत दोस्रो गोल भने जिराउडको पासमा सम्भव गरे ।
जिराउडले दिएको पासलाई उपयोग गर्दै विलियनले कर्नरको दायाँ तर्फबाट पोष्टको दिशा दिए । ४२ औं मिनेटमा जिराउडले गोल गर्दै चेल्सीको लागि डेब्यु गरे । एमिरसनले दिएको पासलाई सिक्स यार्ड बक्सभित्रबाट हानेको बल कर्नरको देब्रे कुनाबाट छिरेको थियो । चेल्सीमा जिराउडले शनिबार उत्कृष्ठ खेल पस्किए । दुई गोलको अवसर सृजना गर्दै एक गोल भने उनले आफनो नाममा लेखाए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…