
हेटौडा(खेलाडी न्युज)-विभागिय टोलीले उपाधि उचाल्दै शनिबार हेटौडा गोल्डकप टुंगिदैं छ । उपाधिको लागि नेपाल पुलिस क्लबले नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्दै छ । विभागिय डर्बीमा उपाधि कसले उचाल्छ भन्ने सबैको ध्यान त्यसैमा छ । यद्यपी आर्मी र पुलिसको नकाउट फुटबलमा यो पहिलो भेट हो भने राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राखेप च्याम्पियनमा भने पुलिसले आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको थियो ।
घरेलु फुटबलमा आर्मी निकै लयमा छ । पछिल्लो समय नेपाल आर्मी एकपछि अर्को उपाधि उचाल्दै उत्कृष्ठ फर्ममा देखिदाँ नेपाल पुलिस क्लब भने छायाँमा थियो । आफना पुुराना खेलाडी भेट्रान्स भएपछि पुलिसले पनि युवा टोलीसहित विस्तारै मोफसलमा आयोजना हुने नकाउट फुटबलमा फर्किदै छ । त्यसको पछिल्लो उदाहरण पोखरामा आयोजित १६ औं सस्करणको आहा रारा गोल्डकप उचाल्नु । युवा टोलीले पोखरामा रुस्लान थ्री स्टारलाई पराजित गर्दै आहाको सस्करण आफनो नाममा लेखाउँदै सिजनको पहिलो नकाउट फुटबल प्रतियोगिताको उपाधि उचाल्यो । पुलिसको नकाउट फुटबलको दोस्रो उपाधि नजिक छ ।
आर्मी भने यो सिजन निकै लय र फर्ममा छ । पाँच नकाउट फुटबलको उपाधि उचाल्दै एकै सिजनमा सर्वाधिक उपाधि उचाल्ने टोलीमा आफनो नाम लेखाउन आर्मी उद्दत छ । त्यसको लागि शनिबार हुने हेटौंडा गोल्डकपमा पुलिसको युवा टोलीको जोशलाई मत्थर पार्नुपर्ने खाँचो छ । पुलिसले उपाधि पोल्टामा पार्न आर्मीको लयलाई भत्काउन जरुरी छ ।
आर्मीले सिमरा गोल्डकप, विरगंजमा आयोजित बिशाल मेमोरियल कप, झापामा आयोजित सताक्षी गोल्डकप, मेचीमा आयोजित नेत्रालय काकडभित्ता गोल्डकप र धनगढीमा आयोजित खप्तड गोल्डकप जितेको छ । हेटौंडा गोल्डकप भने आर्मीलाई सिजनको छैटौं उपाधि हुने छ । यद्यपी त्यसको टुंगो भने शनिबार हुने फाईनलले लगाउने छ । आर्मीसितको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने विश्वास पुलिसले लिएको छ । दुवै फिटनेसमा जब्बर छन् । पुलिसका प्रशिक्षक अनन्तराज थापा र आर्मीका प्रशिक्षक नविन न्यौपाने दुवै कुनै समय नेपाली राष्ट्रिय टोलीबाट एकसाथ फुटबल खेल्थे । रणनीति बनाउन दुवै माहिर छन् । फाईनल दुवैले ५०—५० हुने संकेत गरेका छन् । तथापी भाग्य र अवसर दुवैको भर खेलमा पर्ने छ ।
सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा सञ्चालित गोल्डकप विजेताले पाँच लाख र उपविजेताले तीन लाखसहित शिल्ड र पदक प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद १५ हजार रुपियाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…