
पोखरा(खेलाडी न्युज)—मोसफलको सर्वाधिक राशीको झापा गोल्डकपमा नेपाल पुलिसले क्र्वाटरफाईनल अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग भेट पक्का गरेको छ । खेल सकिन केवल ८ मिनेट बाँकी छदाँ रजिन सुब्बको गोल निर्णायक बनेपछि पुलिसले रुपन्देही ११ लाई १—० गोलले पराजित गर्यो ।
पुलिस र आर्मी यो वर्षको नकाउट फुटबलमा सबैभन्दा सफल देखएका छन् । त्यसपनि अझ आर्मीले सिजनको छैटौं उपाधि उचालिसकेको अवस्था छ । पुलिस, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी र थ्रीस्टारले समान २—२ उपाधि उचाल्दै मोफसलको प्रतियोगितामा आफनो छविलाई कायमै राखेका छन् । प्रतियोगितामा नेपाल पुलिसका सुमन लामा म्यान अफ दि म्याच घोषित हुदैं नगद २५ हजार रुपैयाँ प्राप्त गरे । विजेताले १२ लाख ५१ हजार पाँउदा उपविजेताले ६ लाख रुपैयाँ पाउने छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…