
काठमाडौं-नेपाल पौडी संघको आयोजनमा भएको ११ औं एनएसए कप पौडी प्रतियोगिताको दोश्रो दिन थप चार किर्तिमान कायम भएका छन् । दोश्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुइ किर्तिमान कायम गरेका हुन् । ५० मिटर फ्रि स्टायलमा एलेक्सले विहान हिट चरणमा आफ्नै नाममा रहेको २४.९७ सेकेन्ड समयमा सुधार गर्दै २४.१२ सेकेन्डमा दुरी पुरा गरेका थिए । उनले फाईनलमा पुनः त्यस समयमा सुधार गर्दै २३.९७ सेकेन्डको नयाँ किर्तिमान कायम गरे । यस्तै १०० मिटरमा एलेक्सले आफ्नो नाममा रहेको ५३.४१ सेकेन्ड समयमा सुधार गर्दै ५२.९६ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन् ।यसै गरि १०० मिटर ब्रेष्ट स्ट्रोकामा विकास कुमालले शुभमका नाममा रहेको १ मिनट १०।५९ सेकेन्डलाई विस्थापित गर्दै १ मिनट १०.१४ सेकेन्ड समयलाई आफ्नो नाममा लेखाए । कुमालले हिजो पहिलो दिन दुई किर्तिमान कायम गरेका थिए ।
यस्तै अर्को किर्तिमान नाजिर हुसेनको नाममा रह्यो । आफ्नै नाममा रहकेको ४ मिनट १२.२३ सेकेन्ड समयमा सुधार गर्दै ४ मिनट १२।१७ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरे ।प्रतियोगितामा यु १० तर्फ पुरुषमा मायोन श्रेष्ठ र महिला तर्फ सिसोमबुम राई, ११—१२ तर्फ कल्किन श्रेष्ठ र रोयल प्रजापती, १३—१४ तर्फ अजल काजी ताम्राकार र मेगन गुरुङ्ग, १५—१७ तर्फ अल्भिन महर्जन र रोशा न्यौपाने र खुला तर्फ एलेक्जेन्डर गादेगाद शाह र महिला तर्फ गौरिका सिंह र दुवाना लामा संयुक्त रुपमा उत्कृष्ट खेलाडी घोषित भए । गौरिका र दुवानाको समान अंक भए पश्चात दुवैलाई उत्कृष्ट घोषित गरिएको थियो ।
प्रतियोगितामा निशर्ग बाटिका स्कुल १२३ अंकका साथ प्रथम भयो । दोश्रो स्थानमा स्वस्ती श्री गुरुकुल ९८ अंक र तेश्रो स्थानमा लिङ्कन ५४ अंकका साथ रह्यो । बिजयी खेलाडी तथा टिमलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ्गले मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए । उमेर समूहका उत्कृष्ट खेलाडीहरुले नगद ३ हजार र खुला तर्फका खेलाडीले नगद १० हजार प्राप्त गरे । यस्तै किर्तिमान राख्ने खेलाडीहरुले प्रत्येक किर्तिमान बापत ५ हजार नगद प्राप्त


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…