
पोखरा-जहाँ क्रिकेट खेल्ने व्यवस्थित खेल मैदान छैन् । खोलाको किनार र फुटबल मैदान खोज्दै क्रिकेट खेल्नुपर्ने बाध्यता छ । तर जहाँ ईच्छा त्यहाँ उपाय । स्याङजामा क्रिकेटको मैदान नभएपनि महिला क्रिकेटमा छलाङ मारेको छ । स्याङजा जिल्ला क्रिकेट संघले नारा नै तय गरेको छ—‘क्रिकेटबाटै महिला सशक्तिकरण ।’
स्याङजाको क्रिकेटको मुहार फेरिएको लामो समय भएको छैन् । जतिबेला संघको नेतृत्वमा दिवाकर थापाले सम्हाले । त्यसपछि क्रिकेटको माहोल सृजना भयो । उनी आफैं पनि क्रिकेटर हुन् । त्यही भएर नै उनले स्याङजालाई क्रिकेटमा अब्बल बनाउने ध्येयसहित लागि परेका छन् । उनले गरेको कामको प्रतिफल विस्तारै देखिदै गएको छ । जहाँबाट अन्तराष्ट्रियस्तरका महिला क्रिकेट समेत उत्पादन भईसकेका छन् । उदाहरण हुन अन्जली विश्वकर्मा ।

संघले यतिबेला स्याङजाको विभिन्न विद्यालयमा पुगेर क्रिकेट अभियान चलाएको छ । संघले अहिलेसम्म १५ वटा विद्यालयमा क्रिकेटको ट्यालेन्ट हन्ट गरिसकेको छ । ट्यालेन्ट हन्टबाटै खेलाडी छनोट गर्दै प्रशिक्षण दिदैं आएको छ । प्रशिक्षणसँगै उनीहरुले आगामी कार्तिक २० गतेदेखि स्याङजामा आयोजना पुतलीबजार उपमेयर रनिङशिल्ड महिला क्रिकेट प्रतियोगिता खेल्ने छन् । ‘तीन वर्ष लगातार पुतलीबजार मेयर कप रनिङ शिल्ड महिला क्रिकेट आयोजना गर्यौं’ संघका अध्यक्ष दिवाकर थापाले भने—‘यो वर्ष उपमेयर कप आयोजनाको संघारमा छौं ।’ २०७६ सालदेखि संघले पुतलीबजार मेयर कप रनिङ शिल्ड आयोजना गर्यो । अहिले नगरपालिकामा उपमेयर महिला भएकै कारण उपमेयर कप रनिङशिल्ड आयोजना गरिएको उनले प्रष्ट्याए । तीन संस्करण आयोजना हुदाँ नगरपालिकाको मेयर महिला नै भएकोले मेयरकप गरिएको थियो । रनिङ शिल्ड महिला क्रिकेटको उपाधि स्याङजाको एभरग्रिन बोर्डिङले उचाल्दै आफनो बनायो ।

विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेपछि स्याङजाका धेरैजसो विद्यालयमा क्रिकेट प्रशिक्षण समेत हुन थालेको छ । ओ लेभलका तथा सिनियर खेलाडीले प्रशिक्षण गराउँदै आएका छन । अध्यक्ष थापा स्वयंपनि क्रिकेट प्रशिक्षण गराउन व्यस्त छन् । उनीसँगै सोनेय तिवारी(विक्रम) तोपबहादुर राना, महिला प्रशिक्षक अन्जली विश्वकर्मा, कुसुम गोदार (सनियर खेलाडी) र अनुपम मरासिनीले प्रशिक्षण गराउँदै आएका छन् । नियमित प्रशिक्षण र प्रतियोगिता आयोजनाले विद्यालयले समेत क्रिकेटप्रति चासो दिन थालेका छन् ।
वर्षेनी आयोजना हुने विद्यालयस्तरीय क्रिकेटकै कारण विद्यालयले समेत खेलाडीलाई छात्रवृत्ति दिन थालेको छ । एभरग्रिनबाट एसईई दिएकी अन्जली विश्वकर्मालाई ज्योति अंग्रेजी बोर्डिङ स्कुले दशजोड दुइको लागि पूर्ण छात्रवृत्ति दिएको थियो । अन्जलीजस्तै अन्य खेलाडीलाई समेत विद्यालयले छात्रवृत्ति दिएको छ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पूर्ण छात्रवृत्ति दिदैं विद्यालयको क्रिकेट टोली सशक्त बनाउन प्रतिस्पर्धा चलेको अनुभव उनको थियो । त्यतिमात्रै नभई विद्यालयले क्रिकेट प्रशिक्षण गराउने बातावरण समेत बनाईदिएको उनी सुनाउँछन् ।

संघको प्राथमिकता नै महिला क्रिकेट हो । क्रिकेटबाटै महिला सशक्तिकरण नारा दिदैं आएको संघले आगामी वर्ष सन २०२४ को यु—१९ विश्वकपको एशिया छनोटको तयारी समेत रहेको सुनाए । ‘कार्तिक २० गतेदेखि २४ गतेसम्म विद्यालयस्तरीय टी—१० लिगकम नकाउटको तयारीमा छौं’ उनले भने—‘प्रतियोगिताले विद्यालयमा क्रिकेटको विकाससँगै एशियाकप छनोटको तयारी समेत हुने विश्वास छ ।’ संघका अनुसार स्याङजाको बजार क्षेत्रमा मात्रै नभई गाँउ गाँउका विद्यालयमा समेत क्रिकेट प्रशिक्षण गराईएको छ । अध्यक्ष थापा आफैं क्रिकेटको लागि गाँउ गाँउका विद्यालय भ्रमण गरेका छन् । भ्रमण गर्दै ट्यालेन्ट हन्ट मार्फत खेलाडी खोज्ने अभियानमा आफैं जुटदै आएका छन्।
संघले अगाामी कार्तिक २० गते स्याङजाको मालेबगरमा आयोजना गर्ने विद्यालयस्तरीय टी—१० क्रिकेट प्रतियोगितामा स्याङजाका विद्यालय मात्रै नभई कास्की, पर्वत, नवलपुर लगायत अन्य जिल्लाका विद्यालयलाई समेत सहभागिता जनाउन पत्रचार गरिसकेको छ । विद्यालयको टोली नपुगेको अवस्था महिला शिक्षकले समेत सहभागिता जनाउन पाउने प्रावधान रहेको संघले जनाएको छ ।

प्रतियोगितामा विजेता विद्यालयले नगद २५ हजारसहित रनिङ शिल्ड प्राप्त गर्ने छ । उपविजेताले नगद १५ हजार, तेस्रो हुने विद्यलायले नगद ५ हजार रुपैयाँ पाउने छ । चौथो हुनेले नगद २ हजार पाउने छ। उत्कृष्ट खेलाडीलाई नगदसहित क्रिकेट व्याट, उत्कृष्ट व्याटरलाई नगदसहित व्याट, बलरलाई नगदसहित जुक्ता, विकेट किपरलाई नगदसहित ग्लोभ्स, उत्कृष्ट फिल्डरलाई नगदसहित जुक्ता प्रदान गरिने छ । इमर्जिङ प्लेयरलाई नगदसहित प्रदान गरिने छ । प्रतियोगितामा सहभागिता जनाउने यु १४ का १० जना खेलाडी ईमर्जिङ प्लयेरबाट पुरस्कृत गरिने छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…