
पोखरा(खेलाडी न्युज)—सुर्य नेपाल वेष्टर्न ओपन गल्फको दोस्रो दिन बिहीबार लेभल पार खेल्दै ३६ होलको समाप्तीमा १४१ कार्ड बनाउँदै शीर्षस्थान कब्जा गरेका छन् । फ्रन्ट नाईटमा एक अण्डर खेलेका श्रेष्ठ ब्याक नाईनमा १ओभर खेल्दै लेभल पार(७० पार) खेले । उनले पाँचौ होलमा बर्डी हिर्काउँदै सुखद बनाए । तर ७ औं होलमा गएर डबल बोगी खेपे । यद्यपी ८ र ९ औं होलमा बर्डी खेल्दै लय समाते । तर व्याक नाईनमा ११ औं र १६ औंमा बोगी खेपेर तनाबमा रहेपनि १५ औं बर्डी हिर्काए । अन्तिम दुई होलमा भने पार खेल्दै लेभल पारको स्थितिमा दोस्रो दिन टुग्याए । उनले अघिल्लो दिन एक ओभर खेलेका थिए ।
नेपाल आर्मी गल्फ क्लबका धनबहादुर थापा भने ३ ओभर ७३ को कार्ड बनाउँदा दोस्रो दिनको समाप्तीमा उनी ५ ओभर १४५ को स्कोरमा दोस्रो स्थानमा छन् । गत वर्षको विजेता शिवराम श्रेष्ठ, पोखरेली गल्फल भुवन गुरुङ र भुवन नगरकोटी भने समान १४६ स्कोर कार्डमा रहेका छन् । शिवरामले दोस्रो दिन केवल एक ओभर ७१ को कार्ड बनाउँदै निकै सुधार गरे । अघिल्लो दिन ५ ओभर खेलेको उनी दोस्रो दिनको समाप्तीमा ६ ओभर १४६ अंकमा छन् ।
भुवन नगरकोटीले दोस्रो दिन अघिल्लो दिनको भन्दा सुधारोन्मुख प्रदर्शन देखाए । उनले केवल दुईओभर खेल्दै ७३ को कार्ड बनाउँदा समग्रमा ६ ओभर १४६ को अवस्थामा छन् । उनीसँगै पोखराका भुवन गुरुङले दोस्रो दिन खराब प्रदर्शन गरे । बिहीबार चार ओभर खेले । पहिलो दिन केवल दुईओभर मात्रै खेलेका थिए । समग्रमा उनी ६ ओभर १४६ को कार्डमा रहे । फ्रन्ट नाईनमा चार ओभर ३९ खेल्दा व्याक नाईन भने उनले लेभल पारको अवस्थामा टुग्याए ।
रवि खड्काले दोस्रो दिन केवल १ ओभर खेल्दै सुधार गरे । पहिलो दिन छ ओभर खेलेका थिए । सात ओभर १४७ को कार्ड बनाउँदै उनी छैटौं स्थानमा छन् । प्रदीपकुमार लामाले फ्रन्ट नाईन पार र व्याक नाईनमा १ ओभर खेल्दै ७१ को कार्ड बनाए । तर उनी पहिलो दिन ८ ओभर खेलेका थिए । सुधारिएको प्रदर्शन गर्दै उनले समग्रमा ९ ओभर १४९ को कार्डमा रहे ।
सुर्यप्रसाद शर्मा ३६ होलको समाप्तीमा १० ओभर १५० को स्थितिमा छन् । उनले फ्रन्ट नाईन लेभल पार खेल्दा व्याक नाईनमा भने ७ ओभर खेल्न पुगे । पहिलो दिन उनी ३ ओभर खेलेका थिए । यलम्बर अधिकारी र विकास अधिकारीले समान ११—११ ओभर १५१ को कार्डमा रहँदै तेस्रो दिनको खेल शुरुगर्ने छन् । यलम्बरले फ्रन्टनाईन पार खेल्दा व्याक नाईनमा भने पाँच ओभर खेलेका थिए । एमेच्योर तर्फ भने अजित विक शीर्षस्थानमा यथावत छन् । उनले दोस्रो दिन चार ओभर खेल्दै समग्रमा पाँच ओभर १४५ मा रहेका छन् । गोकर्ण गल्फ काठमाडौं,, त्रिभवन आर्मी गल्फ काठमाडौं, निर्वाणा गल्फ कोर्ष धरान, रोयल नेपाल गल्फकोर्ष काठमाडौं र हिमालयन गल्फ कोर्ष पोखराका गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…