
(प्रदेश खेलकुद परिषद लोगो)
पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एक वर्ष बाँकी छ । वर्षदिन बाँकी छदाँ नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ ।
गण्डकी प्रदेशलाई नवौंको साख जोगाउनुपर्ने दायित्व छ । साख जोगाउन आवश्यक तयारी गर्नुपर्ने भएपनि गण्डकीको तयारी धिमा छ । पूर्वाधार छन् । पूर्वाधार भएपनि प्रशिक्षण गराउने प्रशिक्षक छैनन् । स्वयंसेवक प्रशिक्षकको भरमा राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउनुपर्ने बाध्यता गण्डकी प्रदेशको नियति दोहोरिने सम्भावना छ । जिल्ला खेलकुद विकास समिति कास्कीसँग दरबन्दीका प्रशिक्षक छैनन् । प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षक नियुक्ति गर्ने प्रयास गरेको छ । यद्यपी नियुक्तिको निर्णय भईसकेको छैन् । खेल प्रशिक्षण अझै छैन् ।
‘पहिला हामी राष्ट्रपति रनिङशिल्डको तयारीमा छौं’ प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भने–‘त्यसपछि बागमती प्रदेशमा आयोजना हुने प्रदेशस्तरीय खेलकुदको तयारीमा जुट्छौं ।’ उनले बागमती प्रदेशले आयोजना गर्ने प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सहभागिता जनाएपछि मात्रै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्ने छौं ।’उनले अनुसार राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ठ खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा छनोट गरेर गण्डकी प्रदेशको टोली तयार गरिने छ ।
कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुव केही खेललाई लक्षित गर्दै भत्ताको व्यवस्थापन गरी प्रशिक्षण शुरु गरेको छ । यसले कर्णाली प्रदेशको खेलकुदमा नयाँ आयाम हुने विश्वास छ । तर नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशले भने तयारी नचाल्दा पुरानो साख गुमाउने हो कि भन्ने चिन्ता थपिएको छ । पदक जित्ने खेललाई बर्गिकरण गरेर प्राथमिकतामा राखेर प्रशिक्षण गराउनुपर्ने अहिलेको अवश्यकता भएपनि गण्डकी प्रदेश त्यसमा अझै ध्यान दिन सकेको छैन् ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि आवश्यक बजेट अभाव हुने जिकिर गरे । ‘बजेट पर्याप्त छैन् । मन्त्रालयले पैसा दिएको छैन् । भएको बजेट बागमती प्रदेशले आयोजना गर्ने प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको तयारीमा सकिन्छ ।’ उनको भनाई थियो–‘आगामी बैशाखदेखि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अगाडि बढाउने योजना भएपनि बजेट नहुदाँ समस्या परेको छ ।’ उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी पहिचान शुरु गरिएको जनाए । राष्ट्रपति रनिङशिल्ड मार्फत खेलाडी पहिचान गर्ने तर्फ प्रदेश केन्द्रीत रहेको उनको भनाई थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…