
बुटबल(खेलाडी न्युज)—बुटवलमा शुरुभएको तिलोत्तमा गोल्डकपमा शुक्रबार मोफसेली टोली पोखरा ११ ले बिदाई लिएको छ । काठमाडौंको फ्रेण्ड्स क्लबसित १—० गोलले पराजित हुदैं प्रतियोगिताबाट बिदा लिदैं पोखरेली टोली फर्किएको हो ।
पोखरा ११ लामो समयपछि बुटवलमा नकाउट फुटबलको प्रतियोगितामा उपस्थित जनाएको पोखरा पहिलो खेलबाटै बाहिरिन पुग्यो । पहिलो हाफको २९ औं मिनेटमा अफ्रिकन खेलाडी जोन जिलोरेले गरेको गोल पोखरालाई अगाडि बढ्नबाट रोक्यो । जिलोरेले व्यक्तिगत प्रयासमा गोल गरेपछि फ्रेण्ड्स क्र्वाटरफाईनलमा प्रवेश पाएको हो ।
खेलको पहिलो हाफमा फ्रेन्डस क्लवले दवदबामा राखेको खेलमा दोस्रो हाफमा पोखरा ११ ले खेलमा रणनिती परिवर्तन गरी बलमाथि नियन्त्रण राख्यो । पटकपटक पाएको गोल गर्ने अवसरलाई फ्रेन्डस क्लवका किपर राजावाबु थापाले बचाउ गरेकाले निरास बन्दै घर पर्केको हो । शुक्रवारको खेलमा म्यान अफद म्याच फ्रेन्डस क्लवका साजन डंगोल घोषित भए । रुपन्देही फुटवल संघको आयोजनामा भएको प्रतियोगिताको शनिवारको खेल आयोजक लाली रुपन्देही ११ र नवलपरासी ११ का बीच पहिलो क्र्वाटर फाईनल खेल हुने आयोजकले जनाएका छन ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…