
पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक कालीगण्डकीमा सम्पन्न राष्ट्रिय र्याफटिङ च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ । चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि जित्यो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, सालोलममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए ।
यसै गरी प्रतियोगितामा सहभागि भोटेकोशी ‘बी’ उपविजेता बनेको छ । भोटेकोशी समुहले समग्र चार वटा इभेन्टमा ९४२ अंक प्राप्त गर्न सफल रह्यो भने बागमती प्रदेश कुल ८४२ अंकका साथ तेश्रो स्थान प्राप्त गरेको छ । प्रतियोगिताको अन्तिम दिन दुई वटा इभेन्ट सम्पन्न भएको थियो । डाउन रिभर रेसमा प्याडल नेपाल ए टिम पहिलो हुँदा भोटेकोशी बी दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ ।
त्यसै गरी र्याफटिङ सालोलमतर्फ भोटेकोसी बी विजेता बनेको छ भने प्याडल नेपाल ए टिमले दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ । डाउन रिभर र सालोलम तर्फका विजेताहरुले मेडल तथा प्रमाणपत्रका साथमा क्रमश जनही नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे । कालीगण्डकीलाई सहाशीक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा र्याफटिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक नीम बहादुर थापा मगरले बताए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…