
पोखरा(खेलाडी न्युज)—नेपाल विरुद्ध व्याटिङ गरिरहेको पपुवा न्युगिनीको तेस्रो विकेटको झरेको छ । लेग स्पीनर सन्दीप लामिछानेले दोस्रो ओभर बलिङ गर्ने क्रममा चाड सोपेरलाई एलबी डब्लुको शिकार बनाए । उनले ३५ बलमा १० रन बनाएका थिए । बसन्त रेग्मीले पहिलो ओभर दुईरन मात्रै दिए । पाँच बल डट थियो । ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका व्याट्सम्यानले दुई रन जोडे ।
सोमपाल कामीले पपुवा न्युगिनीका कप्तान असाद भालालाई १० रनमा एलबी डब्लुको धरापमा पार्दै दबाव सृजना गरेका छन् । हङकङ विरुद्ध दुई विकेट लिएका करण केसीले चौथो ओभर बलिङ गर्ने क्रममा महत्वपुर्ण विकेट टोनी उरेको लिए । उरेलाई २३ बल खेल्ने क्रममा ११ रनममा अनिल साको हातबाट क्याच गराई पवेलियनको बाटो देखाएका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…