
एजेन्सी—आउँदो तीन महिनापछि रसियामा फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप हुदैं छ । विश्वकप नजिकिदैं गएको अवस्थामा शुक्रबार विश्वकप पुर्वविजेताद्वय जर्मनी र स्पेन बीच अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छन् ।
जर्मनी २०१४ को विश्वकप विजेता हो भने स्पेन २०१० मा विश्वकप विजेता हुन् । दुवैले प्रतिष्ठाको खेल खेल्दै छन् । दुवैको प्रतिस्पर्धाले विश्वकप फुटबलको फाईनलको झल्को समेत दिने छ । सन २०१० मा स्पेनले जर्मनीलाई पराजित गर्दै उपाधि जितेको थियो । जर्मनीले २०१४ मा अर्जेन्टिनलाई पराजित गर्दै विश्वकप उचालेको थियो ।
हेड टु हेडलाई आधार मान्ने हो भने यी दुई बीच चार पटक मात्रै आमनेसामने भएका छन् । जसमा स्पेनले ३ पटक र जर्मनीले १ पटक जित हासिल गरेको तथ्यांक छ । पहिलो भेट सन २००३ फेब्रअरी १३ मा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले जर्मनीलाई ३—१ गोलले पराजित गरेको थियो । दोस्रो भेट सन २००८ मा युरोपियन च्याम्पियसिपमा भएको थियो । त्यसमा पनि १—० गोलले स्पेनले नजिता आफनो पक्षमा पारेको थियो ।
८ जुलाई २०१० को विश्वकपमा भने स्पेनले जर्मनलाई १—० गोलले पराजित गर्दै विश्वकपको यात्रालाई टुग्याएको थियो । अन्तिम भेट भने सन २०१४ मा भएको थियो । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले स्पेनलाई १—० गोलले हराएको थियो । फोटो फाईल


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…