
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी दोश्रो मेसुका कप मन्थ्लि टेनिस प्रतियोगितामा बिहीबार गत महिनाका च्याम्पियन गोपीबहादुर भट्टराईले शम्भु गुरुङ्गलाई ६–४, ६–२ ले, धरमबहादुर लामिछानेले लक्ष्मण पहारीलाई ६–१, ६–१, अशोक सिंहले शिव सुवेदीलाई ६–४, ७–५ ले तथा विकाश गुरुङ्गले नविन चालिसेलाई ६–३, ६–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।
त्यसैगरि अर्को प्रतिस्पर्धात्मक खेलमा शरण गुरुङ्गले हुम आलेलाई २–६, ६–४ र सुपरटाईमा १०–७ ले पराजित गरे भने विनोद कायस्थले राजु गुरुङ्गलाई ७–५, ६–४ ले पराजित गरे । समिर शेरचन र रामराजा कार्कि भने वाकओभर पाएपछि क्वाटरफाइनलमा पुगे । समिरलाई सुनिल श्रेष्ठे र रामराजालाई दार्जे लामाले वाकओभर दिएका हुन् । शुक्रबार क्वाटरफाइनलका खेलहरु हुने टुर्नामेण्ट डाइरेक्टर प्रदिप खड्काले जानकारी दिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…