
बुटवल(खेलाडी न्युज)—आयोजकलाई पन्छाउँदै रुस्लान थ्री स्टार तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको उपाधि नजिक पुगेको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको चुनौतिलाई १—० गोलले पन्छाउँदै सिजनको चौथो उपाधि नजिक पुगेको हो ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नंम्बर ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा आईतवार भएको अन्तिम सेमिफाईनल खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई हराउँदै थ्री स्टारले फाईनलमा मनाङ मस्याङदी संगको भेट पक्का गरेको हो ।
दुई दिनअघि परेको हावाहुरीसहितको असिना पानीले स्थगित भएको खेल आज खेलाईएको थियो । बुद्ध चेम्जोङको निर्णायक गोलमा थ्री स्टारले उपाधिको लागि मनाङ मस्र्याङ्दीसँग प्रतिस्पर्धा गर्ने छ । खेलको ३५ औं मिनेटमा निर्णायक गोल गर्दै उपाधि भिडन्त पक्का गरेको हो । मोफसलकै सर्वाधिक पुरस्कार राशीको गोल्डकप विजेताले १५ लाख रुपैयाँ पाउने छ । उपविजेताले नगद ७ लाख ५० हजार पुरस्कार स्वरुप थाप्ने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…