
धनगढी(खेलाडी न्युज)—अन्तराष्ट्रिय क्रिकेटमा खासै जम्न नसकेका नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीमा काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग २ को तेस्रो खेल जित्दै लिगको शीर्षस्थानमा यथावत छ । सिवाईसी अत्तरियालाई ११ रनले पराजित गर्दै तेस्रो खेल जित्दै ६ अंकसहित लिगको शीर्षस्थानमा छ ।
मल्लाको ५७ रनको महत्वपूर्ण इनिङ्समा खेल्दै ९ विकेटको क्षतिमा १३७ रनको योगफल तयार पार्यो । ओपनर ए. श्रेष्ठले ६ र एस भाटीलाई ७ रनमा गुमाएपछि गोल्डेन्सको इनिङ भने कप्तान मल्लले सम्हाल्दै सम्मानजनक स्कोर बनाए । नरेश बुढाएरले पनि २७ रन हिर्काए । रसिद खानले १६ रन बनाउँदै आउट भएपछि अन्य व्याट्सम्यानको व्याटबाट दोहोरो रन हिर्काउनबाट चुके । एस उराओले ३, भी चन्द्र र के.कार्कीले दुई विकेट लिएका थिए ।
१३८ रनको लक्ष्य पछ्याएको सिवाईसि अत्तरियालाई गोल्डेन्सका बलरले १२६ रनमै समेटिदिए । के भुर्तेल र पी तामाङलाई दोहोरो अंकको रन विना गुमाएको अत्तरियालाई जी चितकराले सम्हाल्दै ३६ रनको योगदान दिदैं अगाडि बढाए । भी चन्द्रले पनि २६ र एस झोराले २१ रनको योगदान दिएपनि जितसम्मको लक्ष्य पछ्याउन भने सकेन् । एस भाटीले तीन विकेट लिदाँ रसिद खान र सन्नी पटेलले २—२ विकेट लिएका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…