
धन बस्नेत, पोखरा, माघ २ गते – कास्की जिल्ला फुटबल संघको सातौ अधिवेशनबाट मिलन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा मिलन गुरुङले शिव गुरुङ(माया)लाई १३—५ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनसँगै मिलन चार वर्ष कास्की जिल्लाको फुटबल संघलाई हाक्ने छन् ।
यसैगरी उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ(चन्द्रं) निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरुमा पुष्प बराल, राधा गुरुङ(महिला), शुशिलकुमार श्रेष्ठ, मित्रबहादुर कुँवर, सचिनजंग थापा, बुद्धिबहादुर क्षत्री, हिटलर घले, रामकृष्ण बास्तोला र ईन्द्रबहादुर कुँवर छन् । सचिव र कोषाध्यक्ष भने मनोनयन भईसकेको छैन् । कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने छ ।
नयाँ नेतृत्वसँगै दुईवर्षदेखि स्थगित रहेको मनकामना केवलकार पोखरा कपलाई निरन्तरता दिनुपर्ने चुनौति थपिएको छ । अघिल्लो कार्यकालमा भएको फुटबल प्रतियोगिता सञ्चालनार्थ भएको ऋण समेत यो नयाँ कार्यसमितिको काँधमा आईपुगेको छ ।
अधिवेशनमा कास्की जिल्ला फुटबल संघका आवद्ध २३ क्लब मध्ये केवल १८ क्लबले मात्रै मताधिकार पाएका िथए ।संगम फुटबल क्लब, सहारा क्लब,ईन्द्रेणी क्लब, एलजी एशोसियसन, भ्याली स्पोर्टस क्लब, ड्यामसाईड क्लब, नवआर्दश क्लब, डेभिडफल्स, आदर्श क्लब, भदौरे, एपेक्स क्लब, गार्डेन फुटबल क्लब, शितलज्योति, नयाँगाउँ, नागढुंगा, हेमजा युनाईटेड, विष्णुपादुका, सत्ययुवा क्लब बाझापाटनले मताधिकार पाएका थिए ।
अमरसिंह ब्वाईज क्लब, रामघाट युथ क्लब, पोखरा फुटबल क्लब, फुलबारी क्लब, लेकसाईड क्लब मताधिकार थिएन । ती क्लबले पछिल्लो दुईवर्ष कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगितामा सहभागिता जनाएन् । एन्फाको नियमानुसार पछिल्लो दुई लिग नखेल्ने क्लबलाई अधिवेशनमा समावेश र मताधिकार नदिने निर्णयसहितको निर्देशन गरेको थियो ।
संघको अधिवेशनको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितका अध्यक्ष खगराज पौडेलले उदघाटन गरेका थिए । अधिवेशनमा अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराई तथा पश्चिमाञ्चल फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङको उपस्थितिमा निर्वाचन गरिएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…