
धन बस्नेत,पोखरा माघ ४ गते- १२ औं संस्करणको दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बिदेशिएको छ । नेपाललाई टाईब्रेकरमा पराजित गर्दै बंगलादेशले उपाधि उचाल्यो ।
पोखराको बाराहीघाट खेल मैदानमा बिहीबार सम्पन्न फाईनलमा निर्धारित समयमा १—१ गोल भएपछि निर्णय टाइब्रेकरमा ३—२ गोल अन्तरले पराजित हुदै उपविजेतामा चिक्त बुझाउँदा उपाधि भने बंगलादेश पुग्यो । काउन्टर एट्याकमा खेलको ११ औं मिनेटमा उज्वल खानले बंगलादेशको लागि अग्रता दिलाए । उपाधि उचाल्ने सपनालाई बोकेको नेपालले बराबरी भने दोस्रो हाफ कुुर्नु पर्यो । ३६ औं मिनेटमा बिनोद गुरुङले गोल गर्दै नेपाल खेलमा फर्किएको थियो ।
टाईब्रेकरमा साजिद, असारफुल र तुहिनले नेपालको पोष्टमा गोल गरे । नेपाल लागि बिनोद गुरुङ, हरि गुरुङले गोलमा परिणत गरेपनि कप्तान रवि थापा मगरको प्रहार बाहिरिएपछि नेपालले उपाधि उचाल्ने सपना तुहिन पुग्यो । नेपाल सेभेन ए साडड फुटबल फेडेरेशनको आयोजनामा सञ्चालित प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उपाधि जितेको बंगलादेशले नगद २ लाख रुपैयाँ पायो । उपविजेतामा चिक्त बुझाएको नेपालले एकलाख नगद पुरस्कार स्वरुप पायो । उत्कृष्ठ खेलाडीको पुरस्कार बंगलादेशका उज्वल खान र म्यान अफ दि म्याचको पुरस्कार बंगलादेशको गोलकिपर अजाज घोषित भए । फेयर प्लेबाट भारतलाई पुरस्कृत गरियो । विजेता खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य एवं नेपाल ओलम्पिक कमिटि अध्यक्ष जीवनराम श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल सेभेन ए साइड फेडेरेशनका अध्यक्ष नविन पुन लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…