
chung went to semifinal in australian open 2018
एजेन्सी(खेलाडी न्युज)— उत्कृष्ट कम व्याक गर्दै कोरियन खेलाडीले ह्युन चुङ अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । चुङले जर्मनीका अलेक्जण्डर जर्भलाई पाँचौ सेटमा पराजित गर्दै अष्ट्रेलियन ओपनको चौथो चरण प्रवेश गरेका छन् । चेङले चौथो बरियताका खेलाडी जर्भलाई पाँचौ सेटमा पराजित गर्न निकै संघर्ष गरे ।
पहिलो सेट ५—७ को स्थितिमा गुमाएका चुङले दोस्रो सेट टाइब्रेकरमा ७—६ मा लिदैं सेट बराबरी गरे । त्यस्तै तेस्रो सेट चुङले फेरी गुमाए । उनले तेस्रो सेट २—६ मा गुमाए । एक सेटले पछि परेका चेङले चौथो र पाँचौ सेटमा उत्कृष्ठ कम व्याक गर्दै खेलमा फर्किए । चौथो र पाँचौ सेट क्रमश ६—३, ६—० को सेटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरे । जार्भले ब्रेक प्वाईन्ट गुमाएपछि कोर्टमै ¥याकेट बर्जादा भाँचिएको थियो ।
त्यस्तै सर्वियाका नोभाक जोकोभिचले स्पेनका रामोस भिनोलासलाई सोझो सेटमा पराजित गरे । जोकोभिचले रामोसलाई ६—२, ६—२, ६—३ को सेटले पराजित गर्दै चौथो चरणमा प्रवेश गरे । महिला तर्फको प्रतिस्पर्धामा डोपिङ प्रकरणको फुकुवा पछि अष्ट्रेलियन ओपनमा भिडेकी सारापोभा पराजित गर्दै कोर्टबाट बाहिरिन् । जर्मनीकी एन्जेलेक्यु केर्बरले सारापोभालाई ६—१, ६—३ सेटमा पराजित गरिन् । यसैगरी अर्को खेलमा शीर्ष खेलाडी सिमोना हलेपले लाउरेन डेभिसलाई पराजित गरिन् । २ घण्टा २२ मिनेट खेल्दै सिमोनाले डेभिसलाई तीन सेटमा पराजित गरेकी थिईन् । ४—६, ६—४ र १५—१३ को स्थितिले खेल जित्दै चौथो चरण प्रवेश गरिन् ।
-एजेन्सी फाईल फोटो


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…