पोखरा-तेस्रो माछापुच्छ्रे गाउपालिका वडा नं ८, वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि ल्वाङघलेलले जितेको छ ।युवा विकास तथा खेलकुद समन्वय समिति माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा ल्वाङघलेल ८ लुम्रेमा आयोजित प्रतियोगिताको फाईनल खेलमा ल्वाङघलेलस्थित ग्रिन हिल क्लबले लालुपाते क्लब खोराकोमुखलाई निकै प्रतिस्पर्धात्मक ३–२ सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । ल्वाङले पहिलो सेट २७–२५ ले लिएको थियो । तर दोस्रो सेट खोराकोमुखले २६–२४ मा लिदैं बराबरी र प्रतिस्पर्धात्मक बनायो । तेस्रो सेट ल्वाङले २५–२३ मा लिदैं अग्रता बनायो । चौथो सेट भने…
पुरा पढौ