मुख्य समाचार

शुक्रबारदेखि क्लबस्तरीय एकदिवसीय क्रिकेट

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबारदेखि क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि जिल्ला छनोटको लागि शुक्रबारदेखि क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुने छ । प्रतियोगिताको आवश्यक तयारी पुरा भईसकेको छ । प्रतियोगितामा कास्कीका १० क्लबले प्रतिस्पर्धा गर्ने छन् । पोखरा रंगशाला क्रिकेट मैदान र लेखनाथस्थित इडेन हेवन क्रिकेट मैदानमा सञ्चालन हुने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जनाए । शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल राईजिङ क्रिकेट क्लबले नवप्रवेशी एभरेष्ट… पुरा पढौ

बैशाख १८ गते दशौैं पोखरा स्पोर्टस अवार्ड

पोखरा-आगामी बैशाख तेस्रो साता पोखरामा दशौं पोखरा स्पोर्टस अवार्डको मिति तय गएिको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो । अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई सम्मान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत पुरस्कार प्रदान गरिने आयोजकले… पुरा पढौ

२५ औं आहा रारा गोल्डकप फ्लड लाईटमा गर्ने सहाराको तयारी

कास्की -आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल मैदानमा फ्लडलाईटमा आहा रारा गोल्डकप हुने छ । फ्लड लाईट जडान गर्ने विषयमा सहारा क्लबले सम्झौता समेत गरिसकेको छ । प्रतियोगिताको उदघाटन नै बत्तीमा खेलाउने योजनासहित काम अघि बढाइएको सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिनुभयो । “उदघाटन खेल नै बत्तीमा खेलाउने… पुरा पढौ

पुस ३० गतेदेखि पोखरामा मनोहर कप भलिबल

पोखरा-पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्ने छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष शैलेस बानियाँले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई समान २०… पुरा पढौ

एशियन गेम्समा सहभागि पूर्व एथलिट रानालाई सम्मान

पोखरा-कास्की जिल्ला एथलेटिक्स संघले एथलेटिक्सका पूर्व एथलिट सोमबहादुर रानालाई नगदसहित सम्मान गरिएको छ । जिल्ला एथलेटिक्स संघको सभाहलमा शनिबार आयोजित दोस्रो वार्षिक साधारण सभामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत जनाईसकेका पूर्व खेलाडी रानालाई सम्मान गरिएको हो । कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष गजबहादुर गुरुङ र सचिव सिद्धान्त अधिकारीले खादा, सम्मानपत्रसहित नगदबाट सम्मान गरेका हुन् । नगद १० हजार राशी रहेको छ । सम्मानित राना नेपाली सेनाका अवकाश प्राप्त हुन् । सेनामै रहँदा उनले विभिन्न एथलेटिक्सका राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाईसकेका एथलिट… पुरा पढौ

टी २० विश्वकप क्रिकेटको ट्रफी पोखरामा

पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनवारण गर्दै विश्वकप क्रिकेटमा सहभागित नेपाली टोलीलाई सफलताको शुभकामना व्यक्त गरे । ट्रफी टुर कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा प्रदेश खेलकुद परिषदका सदस्य तथा प्रादेशिक क्रिकेट संघका पदाधिकारी एवं खेलकर्मीको उपस्थिति रहेको थियो ।… पुरा पढौ

पल्सर स्पोट्स अवार्डलाई रारा चाउचाउको साथ

काठमाडौं-नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही पुस २३ गते हुने देशको प्रतिष्ठित खेलकुद अवार्ड कार्यक्रम एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०८१ लाई पोखराको हिमश्री फुड्स प्रालिको रारा चाउचाउले साथ दिएको छ। काठमाडौं बाहिर पहिलो पटक आयोजना हुन लागेको अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ। जसमा पोखरामा उद्योगीहरुले साथ दिने क्रममा हिम श्री फुड्स पनि जोडिएको हो। नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र प्रवन्ध निर्देशक प्रकाश केसीले अवार्ड सहकार्य सम्वन्धि संझौता पत्रमा हस्ताक्षर गरेका छन् । हिम श्री फुडको रारा… पुरा पढौ

१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदकसहित कालिका माविलाई

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो ।  द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र ८ काश्य… पुरा पढौ

फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण

पोखरा=पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । ज्याभ्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक तथा छात्रा तर्फ… पुरा पढौ

१५ सय मिटरमा सुजन र नारायणीलाई स्वर्ण

पोखरा-पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितको पहिलो दिन एथलेटिक्स तर्फको १५ सय मिटरको छात्र दौडमा कालिका माविका सुजन नेपालीले स्वर्ण पदक जिते । बालोदयका तेन्जोन रोका मगर रजत र पश्चिमाञ्चल माविका रोशन पन्तले कास्य पदक जित्न सफल भए । यसैगरी छात्रा तर्फको १५ सय मिटरमा छोरेपाटन माविकी कीर्तिमान धाविका नारायणी भण्डारी स्वर्ण, साधना परियारले रजत र गौरीशंकर माविकी कविता मगरले कास्य पदक जितिन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको… पुरा पढौ