मुख्य समाचार

गण्डकीसँग सशस्त्र प्रहरी पराजित

पोखरा-पाँचौ एनसेल टाईगर कप भलिबल प्रतियोगितामा विभागीय क्लब सशस्त्र प्रहरीलाई चौथो सेटमा जित गण्डकी प्रदेशले जितको आत्मसात गर्यो । मंगलबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३–१ सेटको जित दर्ता गर्यो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै नजिता आफनो पक्षमा पार्न सफल रह्यो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकी र एपिएफले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछन्… पुरा पढौ

पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश

पोखरा-त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश गरेको हो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पो¥यो । दोस्रो सेटमा १६–१० को आर्मीको अग्रतालाई उल्टाउँदै पुलिसले जित निकालेको थियो । अन्य सेटमा भने पुलिसले… पुरा पढौ

ट्राभल इन्क्वारीको लगातार दोस्रो हार

पोखरा-पुलिसको पहिलो जितपोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएकाे खेलमा ट्राभल इन्क्वारी नेपाल पुलिस क्लबसँग ३–१ को सेटले पराजित भएको हो ।पहिलो सेट २३–२५ ले गुमाएको पुलिसले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै पहिलो जित दर्ता गराएको हो । पुलिसले दोस्रो सेट २५–१४, तेस्रो र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो । पहिलो… पुरा पढौ

गण्डकी प्रदेश नेपाल पुलिससँग पराजित

पोखरा-हारसँगै गण्डकी प्रदेशले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु गरेको छ । पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धात्मक पाँचौ सेटमा पुगेर खेल गुमाउन पुग्यो । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको खेलमा गण्डकी पुलिससँग ३–२ को सेटमा पराजित हुनपुग्यो । पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा आफनो हातबाट सेट गुम्यो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट… पुरा पढौ

एकसातापछि पोखरामा फुटबलको रौनकता

पोखरा-फुटबलको रौनक छाउन केवल एकसाता मात्रै बाँकी छ । देशकै आधुनिक रंगशालामा मोसफलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करण माघ २२ गतेदेखि शुरु हुदैै छ । तयारीकै चरणमा रहँदा सहारा क्लबले गतवर्षको घाटापूर्ति गर्ने योजनासहित अघि बढेको छ । त्यसो त जिल्ला खेलकुद विकास समिति कास्कीले मैदानको शुल्क समेत तोकेको छ । यसले पनि क्लबलाई आर्थिक भार पर्ने छ । समितिले अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धालाई दैनिक ५५ हजार शुल्क तय गरेको छ । क्लबले वर्षेनी आयोजना गर्दै आएको… पुरा पढौ

सशस्त्रको पुनरागमन जित

पोखरा-सशस्त्र प्रहरी बलले उत्कृष्ट पुनरागमन जित निकाल्दै पोखरामा आयोजित पाँचौ संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ । शनिबार विहान पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा आमन्त्रित टोली ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई उत्कृष्ट पुनरागम जित निकाल्यो । दुई सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै सशस्त्रले ३–२ सेटको जित सुनिश्चित गर्यो । पहिलो सेटमा १२–७ अंकमा अग्रता लिएको सशस्त्रले लय गुमाएपछि २५- २१ सेटमा सुम्पिन पुग्यो । आमन्त्रित टोली… पुरा पढौ

शनिबार तीनै खेल महिलाहरुको मात्रै

पोखरा-एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल महिला तर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड बीच हुने छ । पोेखरा रंगशाला भलिबल कोर्टमा शनिबार १० बजेबाट सुरु हुनेछ । पहिलो दिन तीन खेल सञ्चालन हुने छ । तीनवटै खेल महिला तर्फ हुने आयोजकले जनाएको छ । भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा हुनेछ । त्यसपछि साढे… पुरा पढौ

टाइगर कपको ट्रफि अनावरण

पोखरा -एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । ट्रफि अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपुर्ण भूमिका… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीमा नयाँ कार्यसमिति

पोखरा- खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशनबाट मानबहादुर घर्ती को अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। बिहीबार भएको अधिवेशनमा घर्तीले ३६ मत पाउदै अध्यक्षमा निर्वाचित भए। उनका प्रतिद्वन्द्वी सुरज श्रेष्ठले २७ मत प्राप्त गरे। लामो समयसम्म सर्वसम्मत गर्ने प्रयास भएको थियो। तर प्रयास असफल भएपछि निर्वाचन गरिएको थियो। उपाध्यक्षमा राजाराम पौडेल सर्वसम्मत चयन भए। महिला उपाध्यक्षमा उमा आले ३६ मतसहित बिजयी भइन्। त्यस्तै महासचिवमा परशुराम शर्मा ३८ मत सहित बिजयी भए। उनका प्रतिद्वन्द्वी लक्ष्मी पल्पसा २५ मत पाइन्। कोषाध्यक्षमा बिमल… पुरा पढौ

पोखरा कप राष्ट्रिय पुरुष बास्केटबलको उपाधि गण्डकीलाई

पोखरा-पोखरामा पहिलो पटक आयोजित पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । बुधबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ८१( ७८ स्कोरमा पराजित गर्दै उपाधि आफनो नाममा लेखायो । प्रदेश बास्केटबल संघ गण्डकीको आयोजनामा सञ्चालित प्रतियोगितामा ६ प्रदेशको सहभागिता रहेको थियो । पहिलो क्वार्टरदेखि नै अग्रता लिएपनि गण्डकीले जितको लागि निकै संघर्ष गर्नुपरेको थियो । विजेता बनेको गण्डकीले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको बागमतीले भने ६६ हजार… पुरा पढौ