मुख्य समाचार

२५ औं संस्करण आहा रारा गोल्डकप माघ अन्तिम साता

पोखरा-सहारा क्लबले गोल्डकप आयोजना गर्दै आएको आहा रारा गोल्डकपको २५ औं वसन्त पुगेको छ । २५ औं संस्करणको आहा रारा गोल्डकप आगामी माघ २७ देखि फागुन ९ गतेसम्म आयोजना हुने मिति तय भएको छ । क्लबले रजत जयन्ती फुटबल प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउने योजनासहित अघि बढेको छ । तीन विदेशी क्लब, आयोजक र अन्य ए डिभिजनका क्लबलाई प्रतियोगितामा समावेश गर्ने योजना क्लबको छ । पोखरा महानगरपालिकासँग समेत सहकार्य गर्दै भगिनी सम्बन्ध विस्तार भएका विदेशी शहरको फुटबल टिमलाई पोखरा… पुरा पढौ

खडक र पुर्णलक्ष्मीलाई नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज-नेपाली सेनाका खडक बहादुर खड्का र पुर्णलक्ष्मी न्यौपानेले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले दुई लाख नगद र पुर्णलक्ष्मीले नगद ७५ हजार सहित ट्रफी, पदकले पुरस्कृत भए ।म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दुुरी पुरा गर्दै देशकै सरल कोर्ष मानिएको नेपालगन्जमा गतबर्षको रेकर्ड ब्रेक गर्न सफल भएका हुन् । उनले लगातार दोस्रो पटक र समग्रमा नेपालगन्ज म्याराथनको विजेता ट्रफीमा ह्याट्रिक गरेका हुन् । यसमा नेपाली सेनाकै सुशीलकुमार… पुरा पढौ

महानगर अध्यक्षमा नियुक्त गोदारलाई सम्मान

पोखरा-पोखरा महानगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारलाई विभिन्न क्लब तथा संघले सम्मान गरेका छन् । गोदारको केही दिन अघि मात्रै पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दोस्रो कार्यकालको लागि नियुक्त भएका हुन् । उनी यस अघि तीन वर्षको पहिलो कार्यकाल सकिएको थियो । कार्यकाल सकिएको १७ महिनापछि पोखरा महानगरपालिकाले उनै गोदारलाई खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । अध्यक्ष गोदारलाई बौद्ध शान्ति युवा क्लब रामघाटका अध्यक्ष सागर गुरुङ, पोखरामहानगर हकी संघका अध्यक्ष यमन रसाईली तथा नेपाल मुआथाईका प्रशिक्षक… पुरा पढौ

पुस दोस्रो साता पोखरामा अटोक्रस च्याम्पियनसिप

पोखरा-पोखरामा पहिलो पटक राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने छ । आगामी पुस ११ गते पोखराको पामेमा अटोक्रस च्याम्पियनसिप हुने नेपाल अटोमोवाईल्स एशोसियसन(नासा)गण्डकीले जनाएको छ । पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्ने यो च्याम्पियनसिपमा दुईहजार सिसी क्षमताभन्दा कम र दुईहजार भन्दा माथिको सिसी क्षमता भएका कारको सहभागिता रहने छ । “दुईहजार माथि सिसी भएका कार १२ वटा र दुईहजार सिसी भन्दा कमका १२ कारले प्रतिस्पर्धा गर्ने छन् ।” नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । च्याम्पियनसिपको लागि नासाले पामेका… पुरा पढौ

तेस्रो एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतिस्पर्धा, विक च्याम्पियन

पोखरा-तेस्रो संस्करणको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको इलिटतर्फको विधामा भने हिकमत बिक च्याम्पियन बनेका छन् । उनले निर्धारित दूरी १३ मिनेट ९ सेकेन्ड ७४ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै यस विधामा तेन्जिङ गुरुङ दोस्रो र अनिल बिक तेस्रो हुन सफल भए । तेन्जिङले १३ मिनेट ५८ सेकेन्ड ५६ मिलिसेकेन्डमा उक्त दूरी पार गरेका थिए भने अनिलले १४ मिनेट २९ सेकेन्ड १६ मिलिसेकेन्डमा पार गरेका थिए । ुपोखरा एन्ड्युरो रेस शनिबार सम्पन्न भएको थियो । खुला महिलातर्फको विधामा लक्ष्मी मगर प्रथम… पुरा पढौ

नारायणी र मिङमार च्याम्पियन

पोखरा-शनिबार पोखरामा आयोजित पोखरा टेन के रोड रेसको उपाधि महिला तर्फ नारायणी भण्डारी र पुरुष तर्फ मिङमारसिंगी तामाङले जित्नुभएको छ । तामाङले रोड रेस ३१ मिनेटमा पुरा गर्दै च्याम्पियन बन्दा महिला तर्फ च्याम्पियन बनेकी नारायणीले ४१.२३ मिनेटमा पुरा गर्नुभएको थियो । पुरुष तर्फ दिलबहादुर बुढाले ३१.३९ मिनेटमा पुरा गर्दै दोस्रो स्थानमा रहँदा बादल कार्कीले ३३ मिनेट ०८ सेकेण्डको समयमा पार गर्दै तेस्रो स्थानमा चिक्त बुझाउनुभयो । त्यस्तै गौतम श्रेष्ठले ३३ मिनेट १२ सेकेण्डमा पुरा गर्दै चौथो र कमल नेपालीले ३३… पुरा पढौ

महानगर खेलकुदमा गोदारको दोस्रो इनिङ

धन बस्नेत, पोखरा-झण्डै १७ महिनापछि पोखरा महानगरखेलकुद विकास समितिले अध्यक्ष पाएको छ । महानगरपालिकाले दीपकबहादु गोदारलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । एक महिना अघि अध्यक्षमा नियुक्त गर्ने निर्णय भएपनि महानगरपालिकाले भने सार्वजनिक गरेको थिएन् । दुई दिन अघिमात्रै प्याब्सन, एन प्याब्सन, हिसानसँगको औपचारिक छलफलमै खेलकुद विकास समितिका अध्यक्ष गोदारले अध्यक्षता गरेका थिए । यद्यपी आज पोखरा १३ आर्बामा आयोजित तेस्रो एन्ड्युरो माउण्टेन बाईक रेसमा औपचारिकता प्रदान गरिएको हो । गोदारको यो दोस्रो कार्यकाल हो । तीन… पुरा पढौ

शनिबार पोखरा टेन के रोड रेस

पोखरा-शनिबार पोखरामा दशकिलोमिटर सडक दौड(पोखरा टेन के रन) हुदैं छ । एथलेटिक्स संघ कास्कीले पहिलो पटक सडक दौड सम्पन्न गर्ने संघारमा छ । पोखरा मात्रै एउटा यस्तो शहर हो जहाँ म्याराथन, हाफ म्याराथन र टन के रोड रेस हुदैं छ । एथलेटिक्स खेल मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्ेश्यसहित संघले पोखरा टेन के रोड रेस गर्दै छ । रोड रेस पुरा गर्ने सबै धावकहरुलाई पदक प्रदान गर्ने निर्णय समेत कास्की जिल्ला एथलेटिक्स संघले जनाएको छ । गत वर्ष पोखरा ओपन… पुरा पढौ

बिहिबारदेखि पोखरामा अन्तर्राष्ट्रिय एन्ड्युरो प्रतियोगिता, ८ देशका ५० खेलाडी सहभागि

पोखरा-तेस्रो संस्करणको एण्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार कात्तिक २७ देखी २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ५० खेलाडी सहभागी हुने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार १३ बढी देशले दर्ता गरेपनि नेपालमा भएको जेन्जी आन्दोलनले परेको नकारात्मक… पुरा पढौ

नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक

पोखरा-नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो । अर्वाड कार्यक्रमको लागि १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ सय रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले जानकारी दिए । कोषाध्यक्ष तिवारीले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको छ । मञ्चको सातौं साधारण सभाको अवसरमा… पुरा पढौ