मुख्य समाचार

पुष पहिलो साता दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता

पोखरा-कास्की जिल्ला गल्फ संघको आयोजनामा आगामी पुष ४ र ५ गते दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता हुने छ । पोखरा १४ मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा हुने प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, महोत्तरी, युके तथा सिंगापुरबाट गरी ७० गल्फरले सहभागिता जनाउने छन् । प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा छ । पुरुष टिम इभेण्ट, महिला खुल्ला, सिनियर विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । क्लोजेष्ट टु दि पीन, लङ्गेष्ट ड्राइभ र सर्वाधिक बर्डी हिर्काउने गल्फरलाई समेत नगद पुरस्कार प्रदान गरिने… पुरा पढौ

आइटिएफ जे३० वल्र्ड टेनिस टुर, सिभालीलाई दोहोरो उपाधि

कास्की, -विश्व टेनिस टुर जे३० को पहिलो सर्किट जितेर इतिहास कोरेको एकसातापछि नेपाली टेनिस खेलाडी शिभाली गुरुङले दोस्रो सर्किटमा पनि उपाधि जित्दै अर्को इतिहास थपिएको छ । शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको दोस्रो सर्किटको फाईनलमा उमेर समूहमा शिभालीले उपाधि जित्दै दोहोरो उपाधि आफनो नाममा लेखाउन सफल भईन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा सिभालीले दोहोरो उपाधि जित्दा दोस्रो सर्किटमा पनि १४ वर्षको उमेरमा नै गल्र्स सिंगल्स र डबल्समा उपाधि लेखिन् । जे३०… पुरा पढौ

पोखरामा पौष ९ देखि पाँचौ मेयर कप

पोखरा- आगामी पौष ९ गतेदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको तयारी सुरु भएको छ ।पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ । खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।यसवर्षको प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालय गरेर १… पुरा पढौ

पोखरामा जनवरी २९ मा यु१९ महिला साफ च्याम्पियनसिप

पोखरा- ६ वर्षपछि पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुदैं छ । आगामी जनवरी २९ (माघ १५ गते)देखि पोखरामा यु १९ साफ महिला फुटबल च्याम्पियनसिप हुने तयभएको छ । आयोजनाको पूर्वसन्ध्यामा अखिल नेपाल फुटबल संघ(एन्फा) र साफ महासचिवसहितको टोलीले भौतिक पूर्वाधारको अवलोकन गरेको । एकमहिना भन्दा पनि कम समय रहेको च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ(एन्फा) र साफ प्रतिनिधिको टोलीले पोखरा रंगशाला फुटबल मैदानसहितको भौतिक पूर्वाधारको अवलोकन गरी सुधार गर्न सम्बन्धीत निकायलाई निर्देश गरेको छ । पोखरामा अखिल नेपाल फुटबल संघ(एन्फा)को… पुरा पढौ

लेखनाथ पावरहाउस डोजो चयाम्पियन

पोखरा-लेखनाथ क्योकुशिन(कान कराते डोजो र लेखनाथ डोजो मुआथाई क्लबको आयोजनामा लेखनाथ रंगशाला भण्डारढिकमा सम्पन्न पाँचौ लेखनाथ कप तथा दशौँ कास्की जिल्लास्तरीय क्योकुशिन(कान जुनियर फुल कन्ट्याक्ट कराते तथा मुआथाई प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ९ कास्य सहित लेखनाथ पावरहाउस डोजो टिम च्याम्पियन बनेको छ । छात्र र छात्रा तर्फ ७र७ तौल समुह गरि कुल १४ तौल समुहमा विभिन्न १५ डोजोका १५० जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा ४ स्वर्ण,३ रजत र ७ कास्य सहित बागमारा डोजो दोस्रो हुँदा २ स्वर्ण, ६… पुरा पढौ

१४ वर्षिया शिवालीले रचिन इतिहास

पोखरा-नेपालकी उमेर समूहीकी टेनिस खेलाडी शिवाली गुरुङले पोखरामा आयोजित वल्र्ड टेनिस टुर जे३० मा सर्किट १ मा गल्र्स तर्फ दोहोरो उपाधि जित्दै इतिहास कोरेकी छन् । गुरुङसहित कोरियाकी युल हो जुङले ब्वाईज तर्फ दोहोरो उपाधि आफनो नाममा लेखाउन सफल भएका छन् । नेपाली जुनियर टेनिस खेलाडी शिवाली गुरुङले सबैभन्दा कम उमेरमा आइटिएफ जे–३० प्रतियोगिता जित्ने नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् । भर्खर १४ वर्षमा प्रवेश गरेकी शिवालीले पहिलो पटक सिंगल्स र डबल्समा दोहोरो उपाधि जित्दै ३७ अंक जोड्न सफल… पुरा पढौ

नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना

पोखरा- नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान तथा महासचिवमा केशव पाठक निर्वाचित भए । यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए । रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन… पुरा पढौ

शिवालीको सोझो सेटमा जित

पोखरा-उमेर समूहकी शीर्ष बरियताकी शिवाली गुरुङले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गरेकी छन् । गल्र्स सिंगल तर्फ बुधबार विहान पोखरा रंगशालास्थित टेनिस कोर्टमा भईरहेको आइटिएफ जे३० वल्र्ड टेनिस टुर अन्तर्गत शिवालीले सोझो सेटमा पराजित गर्ने क्रममा भारतीय खेलाडी मेहा पाटिललाई ६–०, ६–० ले पन्छाईन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा हिजो मंगलबार भएको प्रतिस्पर्धामा ब्वाइज सिंगल्सतर्फ प्रतीक सेओरन (भारत) ले राजबिर प्रधान (नेपाल) लाई ३–६, ६–२, ६–२ ले पराजित गरेका थिए । हराउँदै अघिल्लो चरणमा प्रवेश गरे ।… पुरा पढौ

पोखरेली खेलाडी दर्शिलको उत्कृष्ट शुरुवात

पोखरा-पोखरेली युवा टेनिस प्लेयर दर्शिल श्रेष्ठले पोखराको घरेलु कोर्टमा भारतीय खेलाडीलाई पराजित गर्दै विश्व बरियता टेनिस टुर जे३० को सुखद शुरुवात गरेका छन् । सोमबारदेखि पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु भएको ब्वाईज तर्फको मेन ड्रमा दर्शिलले भारतीय खेलाडी अयन दहियालाई सोझो सेटमा पन्छाउँदै जित आत्मसात गरे । ब्वाइज सिंगल्सतर्फ खेलमा दर्शिल श्रेष्ठले भारतीय खेलाडी अयन दहिया विरुद्ध ६–०, ६–१ को नतिजा निकाल्न सफल भए । शीर्ष नं १ ताइपेइका टिङ–हो याङले नेपालका असव सम्राट हाडालाई ६–०, ६–२ ले पराजित गर्दै… पुरा पढौ

सोमबारदेखि पोखरामा विश्व टेनिस टुर जे३० शुरु हुदैं

पोखरा-सोमबारदेखि पोखरामा विश्व टेनिस टुर जे३० पोखरा शुरु हुदैं छ । पोखरामा यो प्रतियोगिता विगत आठवर्षदेखि आयोजना हुदै आएको छ ।आठौं संस्करणसम्म आईपुग्दा कास्की जिल्ला टेनिस संघले एउटा क्ले कोर्ट थप्न सरकारसँग अनुरोध गर्दै आएको छ । अतिरिक्त क्ले कोर्ट नथपिदाँ आगामी वर्ष पोखराले २४ को ड्रमा सीमित हुने छ । पोखराले सोमबारदेखि ३२ को ड्र खेलाउने छ । त्यसको लागि आवश्यक तयारी पुरा भईसकेको छ । १३ देखि १८ वर्ष उमेर समूहको ब्वाईज तथा गल्स टेनिस खेलाडी पोखरा आईसकेका… पुरा पढौ