मुख्य समाचार

कास्की फाईनलमा, तनहुसँग खेल्ने

पोखरा-स्पिनर सुवास भण्डारीको उत्कृष्ट बलिङ र अर्जुन कुमालको अविजित ४७ रनको योगदानमा कास्कीले नवलपुरलाई ९ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरी एकदिवसीय क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । कास्कीले अब उपाधिको लागि तनहुँसँग आईतबार खेल्ने छ । ओसिलो पीचमा ४० ओभरमा झारिएको खेलमा नवलपुरले २१.४ ओभर खेल्दै ९८ रन बनाउन सबै विकेट गुमाउन पुग्यो । कास्कीका बलर भण्डारीको बलिङ स्पेल निकै सानदार रह्यो । उनले ४.४ ओभरमा एक मेडनसहित २६ रन खर्चिएर ५ विकेट लिएपछि नवलपुर सस्तैमा समेटिएको… पुरा पढौ

एकदिवसीय क्रिकेटः कास्की १० विकेटले विजयी

पोखरा-कास्कीले समूह बी अन्तर्गतको पहिलो खेलमा पर्वतलाई १० विकेटले पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ कास्कीको आयोजनामाबिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जित्दै व्याटिङ गर्दै पर्वतले २५.२ ओभरमा सवै विकेट गुमाउँदै केवल ७१ रन मात्रै बनायो । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्रतीय प्रतिस्पर्धामा पर्वत पुरा ओभर टिक्न सकेन् । ओपनर सन्देश खड्का र सुशान चापागाँईले शुरुवात राम्रो गर्न सकेनन् । खड्का केवल ९ रनमा आउट भए । उनी विपिन खत्रीको बलमा अभिषेक थापाबाट क्याच… पुरा पढौ

फुटलबमा रमाउँदै बालबालिका

फुटबलः सेती नदी छेवैमा बगेको छ । साना बालबालिका भने बिच फुटबलमा रमाएका छन् । नदीको बहाव निकै कम छ । मध्यभागमा नदीले बगाएर ल्याएको बालुवा छ । त्यही बालुवामा उनीहरु फुटबलको मज्जा लिईरहेका छन् । गिटी बालुवा भने निकाल्ने काम भएपनि त्यो मध्यभागमा भने गिटी बालुवा ननिकाल्दा बालबालिकालाई खेल्ने मैदान बनेको छ । पुरा पढौ

एकदिवसीय क्रिकेटः तनहुसँग हारेपछि स्याङजा बाहिरियो

पोखरा-सन्दीप पराजुलीको कसिलो बलिङ र ओपनर समीर कँडेलको उत्कृष्ट व्याटिङ प्रेरित तनहुँले स्याङजालाई ८ विकेटले पराजित गरेको छ । हारसँगै प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितबाट स्याङजा बाहिरिएको छ । अघिल्लो दिन बाग्लुङलाई पराजित गर्दै फाईनल सम्भावना रहेपनि हारसँगै बाहिरिन पुग्यो । टस जितेर व्याटिङ गरेको स्याङजाले निकै कमजोर शुरुवात गर्यो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा ओपनर करन पँगेनी र ईश्वर क्षत्री सस्तैमा आउट भए । तेस्रो नम्बरमा आएका सौजन्य रेग्मीले… पुरा पढौ

ज्ञानकाजीलाई फेब्रुअरीको मन्थ्ली मेडल

पोखरा-हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधी ज्ञानकाजी गुरुङले जितेका छन् । पोखरा मझेरीपाटनस्थित पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा गुरुङले ३८ को कार्ड बनाउँदै मन्थ्ली मेडल आफनो नाममा लेखाएका हुन् । प्रतिस्पर्धामा एएसपी लिलाजंग गुरुङ भने उपविजेता बने । उनले ३२ को कार्ड बनाए । ग्रस तर्फको प्रतिस्पर्धामा भने मेजर लछिमीप्रसाद गुरुङले पुरस्कार जित्न सफल भए । गुरुङले २३ स्कोरसहित पुरस्कार जित्न सफल भएका हुन् । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा २३ जना गल्फरको… पुरा पढौ

एकदिवसीय क्रिकेटः बाग्लुङमाथि स्याङजाको फराकिलो जित

पोखरा-पोखरामा आयोजित प्रधानमन्त्री कप एक दिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बाग्लुङ दोस्रो खेलमा स्याङजासँग विशाल अन्तरले पराजित भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सेमबार भएको प्रतिस्पर्धामा स्याङजाले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा बाग्लुङ ७६ रनमै समेटिदैं फराकिलो हार व्यहोर्यो । टस जितेर व्याटिङ गरेको स्याङजाले मिलन क्षत्रीको अविजित ६४ रनको महत्वपूर्ण इनिङमा ९ विकेटको क्षतिमा २७४ रनको विशाल लक्ष्य तयार गर्यो । निर्धारित ५० ओभर खेलेको स्याङजाले पहिलो विकेट सस्तैमा गुमायो । करन पंगेनी मुकेश… पुरा पढौ

साफ क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालाई कास्यपदक

पोखरा-दुई पोखरेली धावक सहभागिता जनाएको साफ क्रस कन्ट्री च्याम्पियनसिपमा तेस्रो स्थान प्राप्त गरेका छन् । नेपालको प्रतिनिधित्व गर्दै फेब्रुअरी २३ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न भएको यु २० तर्फ ८ किलोमिटर प्रतिस्पर्धाको लागि बादल कार्की र कृष्णबहादुर परियारसहित नेपाली टोली तेस्रो स्थान प्राप्त गरेको हो । नेपाली टोलीले २७.५८.१९ मिनेटमा पार गर्दै तेस्रो स्थान प्राप्त गरेको हो । उक्त समय सहभागि मध्ये बादल कार्कीको समय हो । प्रतिस्पर्धामा पाकिस्तानले स्वर्ण र श्रीलंकाले रजत पदक प्राप्त गरेका छन् । एथलेटहरुलाई कास्की जिल्ला… पुरा पढौ

गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई फुटसलको उपाधि

पोखरा-हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो । उपविजेता बनेको कास्की मोडनाइज एकेडेमीले नगद… पुरा पढौ

बादल र परियारले प्रतिस्पर्धा गर्ने

पोखरा-यही फेब्रुअरी २३ मा पाकिस्तानको इस्लामावादमा आयोजना हुने साफ क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागिता जनाउने दुई पोखरेली एथलेट पाकिस्तान प्रस्थान गरेका छन् । यु २० तर्फ ८ किलोमिटर प्रतिस्पर्धाको लागि बादल कार्की र कृष्णबहादुर परियार सभागिताको लागि त्यस तर्फ प्रस्थान गरेका हुन् । एथलेटहरुलाई कास्की जिल्ला एथलेटिक्स संघले विदाई गर्यो । संघका अध्यक्ष गजबहादुर गुरुङ तथा सचिव सिद्धान्त अधिकारी एवं प्रशिक्षकहरुले खादा लगाई विदाई गरेका हुन् । धावक दुवै पोखरा रंगशालाको ट्रयाकमा नियमित प्रशिक्षण गर्दै आएका छन् । पुरा पढौ

कास्कीको टिम छनोटको लागि बन्द प्रशिक्षण

पोखरा- फागुन दोस्रोसातादेखि प्रदेशस्तरीय प्रधानमन्त्री कप एकदिवसीय पुरुष प्रादेशिक क्रिकेट प्रतियोगिताको तयारीको लागि कास्की जिल्ला क्रिकेट संघले २४ जना खेलाडीलाई बन्द प्रशिक्षणको लागि बोलाएको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा बुधबार देखि बन्द प्रशिक्षण हुने छ । बन्द प्रशिक्षणबाट कास्की जिल्लाको टोली छनोट गरिने समेत कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । कास्की जिल्ला क्रिकेट संघले दुई दिन अघि मात्रै क्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गर्यो । लिगमा सांग्रिला क्रिकेट क्लब च्याम्पियन बन्यो । यद्यपी संघले ८ वटा क्लबबाट छनोटमा… पुरा पढौ