मुख्य समाचार

पोखरा स्पोर्टस अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीले अवार्ड सम्पन्न गराउन प्रतिबद्धता जनाउँदै छनोट गर्दा विशेष ध्यान दिन समेत सुुझाव दिए । सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले अवार्डका लागि आफुहरुको तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पोट्र्स अवार्ड विशुद्ध गण्डकी प्रदेशको खेलकुदको प्रतिष्ठासँग जोडिएको सुुनाउँदै यसलाई… पुरा पढौ

कास्कीमा मिलन, तिलक, अन्जु र विग्नेस पदाधिकारीमा मनोनित

पोखरा-जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा मिलन गुरुङसहित मनोनित आठ जिल्ला अध्यक्षले सपथ लिएका छन् । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष समेत रहेका गुरुङलाई गण्डकी प्रदेश मन्त्रीपरिषदले अध्यक्षमा गरिएको सिफारिसलाई अनुमोदन गरेको हो । गुरुङले मंगलबार नै सपथ लिए । मनोनित अध्यक्षहरुलाई सामाजिक विकास तथा युथा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदेश खेलकुद परिषद गण्डकीको अध्यक्षको हैसियतमा सपथ ग्रहण गराए । मन्त्री थापाले अध्यक्षमा नवनियुक्त गुरुङसहित अन्यलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा सपथ ग्रहण गराएका हुन् । जिल्ला खेलकुद… पुरा पढौ

जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा मिलन

पोखरा-जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा मिलन गुरुङ नियुक्त भएका छन् । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष समेत रहेका गुरुङलाई गण्डकी प्रदेश मन्त्रीपरिषदले अध्यक्षमा गरिएको सिफारिसलाई अनुमोदन गरेको हो । गुरुङले मंगलबार नै सपथ लिदैं छन् । उनलाई सामाजिक विकास तथा युथा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदेश खेलकुद परिषद गण्डकीको अध्यक्षको हैसियतमा सपथ ग्रहण गराउने मन्त्रीका प्रेस सल्लाहाकारले जनाएका छन् । मन्त्री थापाले अध्यक्षमा नवनियुक्त गुरुङलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा सपथ ग्रहण गराउने छन् । अध्यक्षको कार्यकाल… पुरा पढौ

लिलाजंगलाई मार्चको मन्थ्ली मेडल उपाधि

पोखरा-पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित मार्चको मन्थ्ली मेडल गल्फको उपाधि नेट तर्फ एएसपी लिलाजंग गुरुङ ले जितेका छन् । पार ६९ को कोर्षमा ३र४ फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा लिलाजंगले ३४ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् । यसैगरी भक्तराज गुरुङ भने उपविजेता बने । उनले ३३ स्कोर गरे । उनले काउण्ट व्याकमा उपाधि आफनो नाममा लेखाए । ३३ स्कोर गरेका ज्ञानकाजी गुरुङ भने तेस्रोस्थानमा चित्त बुझाए । त्यस्तै ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेशकुमार गुरुङ ले जिते । उनले… पुरा पढौ

आगामी चैत २० गतेदेखि पोखरा मुआथाईको समर क्याम्प

पोखरा-नेपालमा मुआथाई खेल व्यवसायिकता तर्फ उन्मुख भईरहेको अवस्थामा मुआथाई संघ कास्कीले युवालक्षित प्रशिक्षण कार्यक्रम अगाडि बढाएको छ । संघले भर्खरै एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आगामी चैत २० गतेदेखि निशुल्क मुआथाई समर क्याम्प गर्ने निर्णय गरेको छ । समर क्याम्प एकैसाथ दुई ठाँउमा शुरु हुने छ । पोखरा रंगशालामा र लेखनाथमा एकैसाथ समर क्याम्प शुरु गरिने प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारले जानकारी दिए । ‘विगतको वर्षमा झैं एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ४० घण्टाको निशुल्क क्याम्प सञ्चालन गर्ने छौं… पुरा पढौ

आगामी बैशाख तेस्रो साता पुरुष भलिबल च्याम्पियनसिप

पोखरा-लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एमले पोखरामा आगामी वैशाख तेस्रो साता राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिप २०८२ आयोजना गर्ने जमर्को गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रहेको लायन्सले पहिलो पटक अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता गर्ने तयारी गरेको हो । प्रतियोगिता आगामी बैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने छ । प्रतियोगितामा चार स्वदेशी क्लब र दुई विदेशी क्लबले प्रतिस्पर्धा गर्ने डिष्ट्रिक गर्भनर चण्डीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार पाकिस्तान भलिबल क्लब इस्लामावाद, नेपालका विभागीय… पुरा पढौ

रेफ्रीको निर्णयपछि बसेको गलत नजिर

पोखरा-फुटबलमा अविस्मरणीय घटना हुने गर्छन् । सकारात्मक र नकारात्मक दुवैले फुटबल अविस्मरणीय बन्छ । पोखरामा पनि यस्तै अविस्मरणीय घटना फुटबलमा घट्यो । सम्भवत यो घटना कास्कीको फुटबल इतिहासमा पहिलो हो । जुन फुटबलमा अन्यत्र घटेको छैन् घट्दैन पनि । घटनाले फुटबल तरंगित बनाईदियो कि आयोजकले प्रतियोगिता सम्पन्न गरेर पनि चैनको श्वास लिन सकेन् । मैदान भित्र भएको गतिविधिको जस र अपजस आयोजक स्वयंले लिनुपर्ने बाध्यताले हर्ष र विस्मातको अवस्थामा पुर्याईदियो । जुन निर्णयले पोखराको फुटबलमा कलकिंत बनेको छ । रेफ्रीको… पुरा पढौ

विश्व म्याराथन(एम्स)को बोर्ड बैठक नेपालमा हुने

काठमाडौं-विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक नेपालमा हुने भएको छ । यही जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते(जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ । कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो । यसअघि एशियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भएका थिए ।निरन्तर लबिङ पश्चात एम्सको बोर्ड… पुरा पढौ

१७औं धर्मश्रीको उपाधि उमेश राईलाई

काठमाडौं-गोर्खाली फिटनेसका उमेश राईले उपाधी रक्षा सहित १७औं संस्करणको धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । काठमाण्डौ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरे । उनी १६औं संस्करणका पनि विजेता हुन् । त्यस्तै, उपविजेता भएबापत धिमालले नगद ६ लाख हात पारे । त्यस्तै, तृतीय स्थानमा रहेका… पुरा पढौ

तेस्रो संस्करणको एट ए साईड भेट्रान्स चैत अन्तिम साता

पोखरा-अमरसिंह ब्वाईज क्लबले यही चैत अन्तिम साता ८ ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको तेस्रो संंस्करण आयोजना गर्ने तयारी गरेको छ । क्लबले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं क्लबले चैत २७ गतेदेखि ३० गतेसम्म आयोजना गर्ने सार्वजनिक गरेको हो । प्रतियोगितामा नेपालका विभिन्न १४ टिमको सहभागिता रहने क्लबका अध्यक्ष एवं संयोजक राजेश गुरुङले बताए । तेस्रो संस्करणको प्रतियोगितालाई क्लबले पोखरा रंगशालामा आयोजना गर्ने तयारी गरेको हो । यस अघिका दुई संस्करण पोखराको अमरसिंह चौरमा सम्पन्न गरेको हो । प्रतियोगितामा विजेताले… पुरा पढौ