मुख्य समाचार

बाहिरियो गण्डकी प्रदेशको महिला टोली

पोखरा-गण्डकी प्रदेश भलिबल संघ पोखरामा आयोजित चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगितामा सबैभन्दा कमजोर बनेको छ । घरेलु कोर्टमा भएको प्रतिस्पर्धामा कुनैपनि खेल नजित्दै बाहिरिने टोली बनेको छ । प्रदेशले खेलको एक सेट पनि आफनो पक्षमा पार्न सकेन् । बुधबार भएको डिफेन्डिङ च्याम्पियन एपिएफसँँग सोझो सेटमा पराजित हुदैं बाहिरिने पहिलो टोली बन्यो । पहिलो सेट २५–१६ ले गुमाएको गण्डकीले दोश्रो सेट २५–०९ र तेश्रो सेट २५–१७ ले गुमाउँदै पराजित भयो । गण्डकीले तीन भारतीय खेलाडीलाई… पुरा पढौ

गण्डकीको सोझो हार,श्रीलकंन आर्मीसँग एपीएफ पराजित

पोखरा-पाहुना टोली श्रीलंकन आर्मी टोलीले सशस्त्र प्रहरी बल(एपीएफ) लाई ३–१ को सेटमा पराजित गरेको छ । पुरुषतर्फ भएको प्रतिस्पर्धामा श्रीलंकाको आर्मी टिमले बिभागीय क्लब एपिएफमाथि पुनरागमन जित निकाल्यो । टाईगर ग्रुप पोखराको आयोजनामा भएको प्रतियोगितामा श्रीलंकन टोली पहिलो सहभागिता थियो । श्रीलंका आर्मी टोलीले पहिलो सेट २३–२५ को पछि परेको श्रीलंका आर्मी खेलमा फर्किदै लगातार ३ सेट आफ्नो पक्षमा पार्न सफल भयो । श्रीलंका आर्मीले दोस्रो सेट २५–१९ ले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१३ ले पराजित गर्दै उत्कृष्ट… पुरा पढौ

अन्तराष्ट्रिय पोखरा म्याराथनको अब नयाँ रुट

पोखरा-अबको एक महिना पछि पोखरामा अन्तराष्ट्रिय पोखरा म्याराथन हुदैं छ । प्रतियोगिताको एक महिना अघि मात्रै नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले म्याराथनको रुटलाई १७ वर्षपछि फेरेको छ । १८ औं संस्करणमा आईपुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिदैै म्याराथन पुरा गर्ने छन् । शुरुवात पोखरा रंगशालाबाट हुने छ । समापन भने पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङ चौर(साईट)मा हुने छ । म्याराथन आगामी फागुन ५ गते शनिबार हुने छ । भुतपूर्व खेलाडी मञ्चले एक महिना अघि मात्रै नयाँ रुटका खोजीमा अध्ययन शुरु… पुरा पढौ

राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

पोखरा-अर्को महिना मलेसियमा हुने महिला क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय महिला क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आईपुगेको छ । टोली सोमबार आईपुगेको हो । मंगलबारबाट टोलीले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गर्ने छ । आगामी फेब्रुअरी ८ देखि १९ सम्म मलेसियामा एसीसी वुमन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता आयोजना हुदैं छ । त्यसको लागि पोखरामा बन्द प्रशिक्षण गर्ने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । एसिसीको कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिताको तयारी गर्न नेपाल क्रिकेट संघले आवश्यक सहयोग गर्न… पुरा पढौ

पुलिस माथि एपिएफको रोमाञ्चक जित

पोखरा- डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल‌ एपिएफ क्लबले महिलातर्फको सुखद सुरुवात गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो खेलमा एपिएफले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को जित निकाल्दै सुखद सुरुवात गर्यो। चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ । पहिलो सेट २५–१८ र… पुरा पढौ

दुई पुलिस क्लब बीचको उदघाटन प्रतिस्पर्धा

पोखरा-दुई विभागीय पुलिस बीचको प्रतिस्पर्धासँगै चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८० शुरु सोमबारदेखि हुदैं छ । पोखरा रंगशाला भलिबल कोर्टमा हुने प्रतिस्पर्धामा महिला तथा पुरुषको उदघाटन प्रतिस्पर्धा दुई पुलिस बीच हुने छ । सशस्त्र प्रहरी बल(एपीएफ)ले नेपाल पुलिस क्लबसँग खेल्दै प्रतियोगिता शुरु हुने छ । महिला तर्फ विहान एपीएफले नेपाल पुलिससँगै खेल्दै भलिबलको रौनकता दिने छ । दोस्रो खेलको रुपमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । पुरुष… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई रोटरी डिस्ट्रीक ३२९२ को प्रायोजन

पोखरा-नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ ले प्रायोजन गर्ने सम्झौता गरकेो छ । दुई संस्था बीच प्रायोजनको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बीच पोखरामा सम्झौता भएको हो । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनसँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे । उनले रोटरी सामाजिक… पुरा पढौ

प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टः प्रिन्स र रसिलालाई उपाधी

काठमाडौं-एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकास दाहाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधी हात पार्न सफल भएका छन् । स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । पहिलो सेट २१–१६ ले जितेका प्रिन्सले दोश्रो सेटमा पनि प्रफुललाई २१–१६ मा नै रोक्दै उपाधीलाई आफ्नो नाममा लेखाउन सफल भए । एपिएफका देव राज राना र नेपाल पुलिसका बिष्णु कटुवालले तेश्रो स्थानमा चित्त… पुरा पढौ

एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष समापन

पोखरा-कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा शुरु भएको एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्षको समापन भएको छ । पहिलो चरणको मंसिर २० गतेदेखि २६ गतेसम्म र दोस्रो चरणको पुस २२ गतेदेखि २६ गतेम्म पोखरा रंगशालामा प्रशिक्षण गरिएको थियो । प्रशिक्षणमा विभिन्न जिल्ला र क्लबका गरी २४ जनाको सहभागिता रहेको थियो । दुई चरणको प्रशिक्षणमा प्रमुख प्रशिक्षक(शिक्षा) सन्जित सिंह र प्राविधिक निर्देशक हरि खड्काले प्रशिक्षण दिएका थिए । राष्ट्रिय खेलाडी, डी लाईसेन्स प्राप्त प्रशिक्षकले(कम्युनिटी कोर्ष गरेकोले)… पुरा पढौ

रुपा गाँउपालिकाको विजयी शुरुवात

पोखरा-माछापुच्छ्रे गाँउपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपा गाँउपालिकाले दोस्रो माछापुच्छ«े गाँउपालिका अध्यक्ष कप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ। माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना सञ्चालित प्रतियोगितामा रुपा गाँउपालिकाले माछापुच्छ्रेगाँउपालिका रातोलाई २८–२६, २२–२५, २६–२४, २५–१८ को सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको हो । माछापुच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगिता बेष्ट फाईभमा खेलाईएको छ ।नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने… पुरा पढौ