मुख्य समाचार

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा दश देशका धावकको नाम दर्ता

पोखरा-आगामी फागुन पाँच गते पोखरामा आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटिरहँदा विदेशी धावकहरुले भने आफनो नाम दर्ता भने गरिसकेका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने नेपालकै पुरानो म्याराथनमा दौडिनमा १० देशका धावकहरुले आफनो नाम दर्ता गराईसकेका छन् । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार बंगलादेश, क्यानडा, चीन, जर्मनी, भारत, जापान, साउदी अरेविया, ताईवान र बेलायतका धावकहरुले नाम दर्ता गरिसकेका छन् । मञ्चले १८ औं संस्करणमा आईपुग्दा नयाँ रुट कायम गरेको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले यो… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय म्याराथनको रुट परिवर्तन

पोखरा-नेपाल भूतपुर्व खेलाडी मञ्च पोखराले आगामी फागुनमा आयोजना गर्ने पोखरा अन्तराष्ट्रिय म्याराथनको रुट परिवर्तन गरेको छ । नयाँ रुटको लागि मञ्चले एक महिना अघि मात्रै अध्ययन गरेको थियो । अध्ययन गरिएको नयाँ रुटलाई अन्तिम रुप दिने तयारीमा मञ्च छ ।पुरानो रुटमा अधिकांश क्षेत्र राजमार्गमा थियो । राजमार्गकै कारण धावकलाई हुने दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै मञ्चले सवारी साधनको आवागमन कम हुने क्षेत्रलाई नयाँ रुटको रुपमा अध्ययन गरेको छ । ताल, मठ मन्दिर हेर्दै दौडिने धावकलाई अब ग्रामीण परिवेशसँग समेत साक्षात्कार गर्ने… पुरा पढौ

माघे संक्रान्तिको अवसरमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

पोखरा-पोखराकै पुरानो साँस्कृतिक मेला ढुंगेसाँघुमा २३ औं राष्ट्रिय माछापुच्छ«े फुलकन्ट्याक्ट तथा पाँचौ क्योकुशिनकान कराँते प्रतियोगिता हुदैं छ । माघ १ गते माघेसंक्रान्तिको अवसरमा ढुंगेसाँघुमा आयोजना हुने साँस्कृतिक मेलामा कास्की जिल्ला क्योकुशिन कान कराँते संघले वर्षेनी फुलकन्ट्याक्ट कराँते प्रतियोगितालाई निरन्तरता दिएको छ । यही पुस २९ गते पोखरा रंगशालामा शुरु हुने छ । फाईनल प्रतिस्पर्धा ढुंगेसाँघुको मेलामा समापन हुने छ । प्रतियोगितामा पुरुष तर्फ ६ र महिला तर्फ पाँचवटा तौल समूहमा प्रतिस्पर्धा गराईने कास्की जिल्ला क्योकुशिन कान कराँते संघका अध्यक्ष लक्ष्मण… पुरा पढौ

पर्वत भलिबल क्लबलाई पोखरा कप क्लबस्तरीय भलिबलको उपाधि

पोखरा-पोखरा महानगर भलिबल संघद्वारा आयोजित ‘पोखरा कप अन्तर क्लबस्तरीय भलिबल’ प्रतियोगिताको उपाधि पर्वत भलिबल क्लबले जितेको छ । सडक महोत्सवको अवसरमा पोखराको बसुन्धरा पार्कस्थित भलिबल कोर्टमा भएको प्रतिस्पर्धा टफ गोर्खा टिमलाई पराजित गर्दै उपाधि उचाल्यो । पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो । विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी प्राप्त गर्यो । उपविजेता टफ गोर्खा ट्रेनिङ सेन्टरको टिमलाई ७७ हजार सात सय ७७ रुपैया नगद पुरस्कार प्राप्त गर्यो… पुरा पढौ

संरक्षक र सोनिरालाई टेनिस उपाधि,प्रदीपले उपविजेतामा चित्त बुझाए

पोखरा-शीर्ष बरियताका प्रदीप खड्कालाई तेस्रो सेट टाइब्रेकरमा पराजित गर्दै संरक्षणभुषण बज्रचार्य पोखरा ओपन टेनिसको नयाँ च्याम्पियन बनेका छन् । आईतबार पोखरा रंगशाला टेनिस कोर्टमा भएको फाईनलमा बज्रचार्यले खड्कालाई पराजित गर्न सेट टाइब्रेकरसम्म पुग्यो ।कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको फाईनल निकै रोमाञ्चक बन्यो । पहिलो सेट आफनो पक्षमा पार्दै खड्काले शीर्ष बरियताको शाख जोगाउने प्रयासमा देखिए । तर दोस्रो सेटमा खेलमा फर्किएका बज्रचार्यले निर्णायक सेट टाईब्रेकरमा टुग्याउँदै उपाधि आफनो नाममा लेखाए । बज्रचार्यले खड्काको… पुरा पढौ

शीर्ष बरियताका प्रदीप माछपुच्छ्रे कप टेनिसको फाईनलमा

पोखरा-उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष बरियता टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाईनल प्रवेश गरेका छन् । पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित २० औं माछपुच्छ्रे कप टेनिस प्रतियोगिताको सेमिफाईनलमा प्रदीपले भारतीय खेलाडी अभिनंशु बोर ठाकुरलाई पराजित गर्दै फाईनल सुरक्षित गरे । उनले अब उपाधिको लागि संरक्षक भुषण बज्रचार्यसँग खेल्ने छन् ।पहिलो सेटमा ३–६ ले गुमाएका खड्काले दोस्रो सेट आफनो पक्षमा लिदैं उत्कृष्ट कमब्याक गरे । पहिलो सेटमा आफनो सर्भिस प्वाइन्टलाई भारतीय खेलाडी ठाकुरले ब्रेक गरेपछि खड्का पहिलो सेट… पुरा पढौ

खेलकुदका लागि जीम अनिवार्य

पोखरा-स्वाथ्यका लागि खेलकुद । खेलकुदका लागि जीम । जीम खेलकुदको अनिवार्य सर्त हो । जीम विना स्वाथ्यको परिकल्पना गर्न सकिन्न । त्यसैले जीम खेलकुदको लागि अपरिहार्य छ ।युवापुस्ताले जीमलाई शारीरिक सुगठन तर्फ केन्द्रीत गर्दै आएका छन् । तर सबै प्रकृतिका खेललाई जीम नभई हुदैन् । बलिष्ठ शरीर बनाउनेले मात्रै जीम गर्छन भन्ने आम मानसिकता छ । तर जीम सबै एथलेट्सले गर्नै पर्छ । जीम विशेष जुन सुकै खेलका खेलाडीले पावर टे«निङको लागि नभई हुदैन् । पोखरा रंगशालाभित्र धेरै खेलका पूर्वाधार… पुरा पढौ

समितिको प्रतिवेशनपछि पोखरा रंगशाला बाहेकका पूर्वाधारको भोगाधिकार टुंगिने

पोखरा-राष्ट्रिय खेलकुद परिषद(राखेप)ले गण्डकी प्रदेशभित्र रहेका खेलकुदका भौतिक पूर्वाधारको अध्ययन निरिक्षण गर्न आवश्यक कार्यदल गठन गरेको छ । गठित कार्यदलले प्रदेशभित्रका खेलकुदका सम्पूर्ण भौतिक पूर्वाधारको अवस्थासहित अध्ययन गरेर रिपोर्ट तयार गर्ने छ ।जिल्लामा रहेका भौतिक पूर्वाधारलाई बर्गिकरण गरेर परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र स्थानीय सरकारसँग छलफल गरेर निचोड निकाल्ने छ । कार्यदलले खेलकुदसँग सरोकार पक्षसँग समन्वय र सम्वाद गरी २१ दिनभित्रमा प्रतिवेदन पेश गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषदको पत्रमा उल्लेख छ । परिषदले त्यसको जिम्मेवारी बोर्ड सदस्य राजेश गुरुङको संयोजकत्वमा… पुरा पढौ

भोलिदेखि पोखरामा माछापुच्छ्रे ओपन टेनिस

पोखरा-माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा भोलि मंगलबारदेखि टेनिस कोर्टमा “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजना पौष १० गतेबाट १४ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा १३ महिला र २०३ जना पुरुष खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । भारत, बेलायत… पुरा पढौ

कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको बर्चश्व

पोखरा-स्याङजाको कोल्मामा आयोजित क्रसकन्ट्री दौडमा आर्मीका धावकको बर्चस्व रहेको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका गोपाल तामाङले उपाधि जिते । आर्मीकै सञ्जय श्रेष्ठ र शुसिलकुमार शाही उपविजेता र सेकेन्ड रनर अप बने । निर्धारित २५ किलोमिटरको दुरीलाई १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गर्दै तामाङले उपाधि संगै नगद ५० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे । १ घण्टा ३३ मिनेट ४३ सेकेण्डमा पार गर्दै आर्मीकै सञ्जय श्रेष्ठ प्रतियोगिताका… पुरा पढौ