🏏 क्रिकेट

काठमाडौं मेयर कप क्रिकेट फागुन २२ देखि

पोखरा-काठमाडौं महानगरपालिकाको आयोजनामा यही फागुन २२ गतेदेखि मेयर कप हुदैं छ । मेयर कपमा पाँच टोलीले प्रतिस्पर्धा गर्ने छ । एकसाता चल्ने एकदिवसीय क्रिकेटमा प्रधानमन्त्री कपका चार सेमिफाइनलिष्ट टोली र एक टोली काठमाडौं महानगरपालिकाको बन्ने छ । काठमाडौं महानगरपालिकाको टिम भने प्रदेश १ , प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको संयुक्त बनाईने नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री कपका चार सेमिफाईनलिष्ट टोलीमा तीन विभागीय… पुरा पढौ

फागुन १७ देखि पोखरामा सुपर जनरल टी–२० क्रिकेट लिग

पोखरा-ओरालो लाग्दै आएको कास्कीको क्रिकेटमा नयाँ आयाम थप्ने अभियान निजी क्षेत्रबाट शुरु गरिएको छ । के.एन स्पोर्टस प्रालिले सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा यही फागुन १७ गतेदेखि कास्कीका क्लबस्तरीय सुपर जनरल अन्तरक्लब टी–२० लिग क्रिकेट आयोजना गर्दै छ । निजी कम्पनीले बैदेशिक कम्पनीसँगको सहकार्य एवं मुख्य प्रायोजनमा पहिलो पटक टी–२० लिग आयोजना गर्ने जमर्को गरेको हो । सुपर जनरल दुबईस्थित कम्पनी हो । कम्पनीले एक वर्षे सम्झौता गर्दै के.एन स्पोर्टसँग सम्झौता गर्दै मुख्य प्रायोजनको जिम्मेवारी लिएको हो । पोखरा रंगशाला… पुरा पढौ

क्लबस्तरीय टी–२० लिग गर्न सम्झौता

पोखरा-सुस्ताएको कास्कीको क्रिकेटलाई पुर्नजागृत गराउन के.एन स्पोर्टसले अन्तरक्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गर्न सम्झौता गरेको छ । स्पोर्टसले टी–२० क्रिकेट लिग आयोजना दुबईको सुपर जनरल(द कन्फिडेन्ट च्वाईस)सँग सम्झौता गरेको हो । पहिलो पटक एक वर्षे सम्झौता गरिएको छ । सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता जनाईसकेको छ । के.एन स्पोर्टसका निर्देशक कमल थापा र सुपर जनरलका प्रतिनिधि फैजल अली बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । क्रिकेट लिगलाई एफ एण्ड एफ हाम्रो मार्ट प्रालिले सहयोग गरेको छ । पोखरामा कास्की जिल्ला क्रिकेट… पुरा पढौ

सन्दीप लामिछानेलाई कुनै टोलीले चासो देखाएनन्

काठमाडौं- आईपीएल २०२१ को भारतको चेन्नाईमा मिनी अक्सनमा नेपाली स्पिनर सन्दिप लामिछानेलाई कुनै पनि टोलीले चासो देखाएनन् । ४० लाख भारु बेस प्राइस राखेका सन्दिपलाई लिन कुनै पनि टिमले इच्छा नदेखाउँदा सन्दिप पहिलो दिनको अक्सनमा अनसोल्ड भएका हुन् । २०१८ मा पहिलो पटक आईपीएल खेल्न छनोट भएका सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली क्यापिटलले भित्र्याएको थियो। ३ सिजन दिल्लीमा बिताएपछि उनलाई दिल्लीको यो सिजन रिलिज गरेको थियो। आईपीएलको युएईमा सम्पन्न पछिल्लो सिजन सन्दिपले कुनै पनि खेलमा अन्तिम९११ मा मौका पाएका… पुरा पढौ

आईपीएल अक्सन आज हुँदै, सन्दीप सम्भावना कति ?

काठमाडौं, फागुन ६ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी–२० क्रिकेटको अक्सन आज हुँदैछ । भारतकाे चेन्नईमा आयोजना हुने अक्सनमा अक्सनमा कुल २ सय ९२ खेलाडी सहभागी हुने छन् । जसमा १ सय २५ विदेशी खेलाडी रहेका छन् । अक्सन अपरान्ह ३:१५ बजे सुरु हुनेछ । अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्नेछन् । जहाँ क्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएकाे नेपाल क्रिकेट संघले यस अघि जानकारी गराएकाे थियाे ।… पुरा पढौ

पोखरामा ‘द अरनिको ट्रफी’ सिरिज

काठमाडौं- नेपाल लोकतान्त्रिक खेलकुद संघले बागमती प्रदेश महिला क्रिकेट टोली पोखरा आएको छ । आजदेखि पोखरामा ६, ७ र ८ गते हुने ‘द अरनिको ट्रफी’ सिरिज अन्तरगतको होम एण्ड अवे प्रतियोगितामा प्रतिस्पर्धा गर्न बागमती प्रदेश महिला क्रिकेट टोली काठमाडौंबाट पोखराको लागि प्रस्थान गरेको हो । सिरिजमा गंडकी प्रदेश र बागमती प्रदेशबिच ५० ओभरको ६ एक दिवसिय प्रतियोगिता हुने छ । जसमा एक महिना भित्र ३ एक दिवसीय खेल पोखरा र ३ एक दिवसीय खेल काठमाण्डौमा हुनेछ । प्रतियोगितालाई भारतस्थित डिलक्स… पुरा पढौ

त्रिकोणात्मक सिरिज लक्षित राष्ट्रिय क्रिकेट क्याम्प सुरु

काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका,ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृखंलालाई लक्ष्य राखेर अभ्यास थालेको छ । खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालनि गरेका छन् । एक साता अघि मात्र सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनमा नेपाल क्रिकेट संघ ९क्यान०ले ३२ नाम सार्वजनिक गरे पनि सुरुआती चरणमा २१ खेलाडी प्रारम्भिक अभ्यासमा बोलाएर अभ्यास थालेको हो । आगामी मार्च महिनाका लागि नेपाली टोलीले अन्तर्राष्ट्रिय… पुरा पढौ

करणसहित आठ नेपाली आईपिएलको अक्सनमा

पोखरा-भारतीय फ्रेन्चाईच क्रिकेट लिग(इण्डियन प्रिमियर लिग) सिजन २०२१ मा आठ नेपाली क्रिकेटर अक्सनमा समावेश भएका छन् । नेपाली क्रिकेट संघले अक्सनमा पठाएको नाम सार्वजनिक गरेको हो । आईपिएलको लागि सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा र दिपेन्द्र सिंघ ऐरीको नाम अक्सनमा पठाइएको नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै जनाएका छन् । लामिछाने तीन सिजन आईपिएल खेलिसकेका छन् । दिल्ली क्यापिटल्सबाट तीन सिजन विताईसकेका छन् । उनले गत सिजन भने… पुरा पढौ

माछापुच्छ्रे एकेडेमीले बक्स क्रिकेट प्रतियोगिता गर्ने

पोखरा-माछापुच्छ्रे क्रिकेट एकेडेमीले बक्स क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।फागुनबाट संचालनमा आउन लागेको एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता गर्न लागेको हो । बक्स क्रिकेट भनेको सप्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केहि भिन्न हुन्छ । बक्स क्रिकेटका केही नियम भने फरक रहेका छन् । उक्त क्रिकेटमा सिधा प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने छैन् । अन्य क्षेत्रमा फालिएको छक्का भने आउटमा गनिने छ… पुरा पढौ

आर्मी च्याम्पियन

काठमाडौं- एपिएफलाई ३३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । ंकीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आर्मीले दिएको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफले ४१।३ ओभर सबै विकेट गुमाएर १ सय ७८ रनमो समेटिएपछि आर्मी नयाँ च्याम्पियन बनेको हो । आर्मीले चौथो पटको प्रयासमा विजयी ट्रफी उचाल्यो । यस अघि सम्पन्न तीन संस्करण मध्ये पहिलो संस्करणमा संयुक्त रुपमा विजयी हुँदा त्यसपछिका संस्करणमा उपविजेता बनेको थियो । दोस्रो संस्करणमा… पुरा पढौ