🏏 क्रिकेट

क्यानको साधारणसभा स्थगित

काठमाडौं । पुस १४ र १५ गते धनगढीमा तय भएकाे नेपाल क्रिकेट संघ (क्यान) काे वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै साधारणसभा स्थगित गरिएको जनाएको छ । क्यानको बोर्ड बैठकले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको थियो । तर, केहि जिल्ला संघले अधिवेसन सकिएपछि मात्र साधारणसभा गर्न अनुरोध गरेको कारण स्थगित गरिएको क्यानले जनाएको छ । 'नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही… पुरा पढौ

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनोट, कास्कीको विजयी शुरुवात

पोखरा-कास्कीले तनहुँमाथि ४ विकेटको जित निकाल्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनोट खेलमा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकाल्दै शुरुवात गरेको हो । खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पा¥यो । तनहुँको तर्फबाट अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । ७१ रनको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै दिनेश बुढामगरले ४३ रन जोडे ।… पुरा पढौ

खेलाडीमाथिको कारबाही फिर्ता लिन ६ केन्द्रीय सदस्यको माग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) बाट खेलाडीको कारबाहीबारे फरक धारण राखेका ६ जना बोर्ड सदस्यले खेलाडीमाथिको कारबाहीमा आपत्ति जनाएका छन् ।क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, छुम्बी लामा, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न को माग गरेका हुन् । साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा राष्ट्रिय टोलीका मुख्य सदस्यहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले ‘नियोजित’ तरिकाले कारबाही गरेको आरोप लगाउँदै कारबाही फिर्ता लिनु पर्ने… पुरा पढौ

निर्णय पुनर्विचार गर्न खेलाडीको आग्रह

काठमाडौं -नेपाल क्रिकेट संघ क्यानको बारबाहीमा परेका चार खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् ।पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारबाही पुनर्विचार गर्न आग्रह गरेका हुन । चार खेलाडीले क्यानलाई तत्काल संवाद अघि बढाउन आग्रह गरेका हुन् । मल्लले आफुहरु संवादका लागि तयार रहेको भन्दै क्यानले निर्णय पुनर्विचार गर्न पटक पटक आग्रह गरेका हुन । यस्तै मल्लले राष्ट्रिय टिमभित्र आफुले गुट बनाएको आरोप निराधार रहेको… पुरा पढौ

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

पोखरा-आगामी मंगलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आउँदै छ । डिसेम्बर २१ तारिखदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा शुरु गरिने नेपाल क्रिकेट संघको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो । पोखरा रंगशाला क्रिकेट मैदान यतिबेला नियमित जसो व्यस्त छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेश छनोट भईरहेको छ । धनगढीमा आयोजना हुने प्रतियोगिताको लागि कास्की र स्याङजाको टोली बीच छनोट प्रतिस्पर्धा भएको छ । दुईवटा पीच तयारी अवस्थामा छ । ओमानमा… पुरा पढौ

ज्ञानेन्द्र कप्तानबाट बर्खास्त, सन्दीपलाई कप्तानको जिम्मेवारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गर्दै युवा लेग स्पिनर सन्दिप लामिछानेलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । बैठकले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने समेत निर्णय गरेको छ । खेलाडीको बर्गीकरणको विषयमा कप्तान, उपकप्तान दिपेन्द्र सिंह ऐरी लगायत चार खेलाडीले केही सञ्चार माध्यय दिएको अभिव्यक्तिपछि मागेको स्पष्टिकरण चित्त नबुझेको भन्दै क्यानले कारबाही पक्रिया अगाडि बढाएको थियो ।… पुरा पढौ

लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौ । वाई–वाई यू–१९ राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । फाइनल खेल बिहान ९ बजे सुरु हुनेछ । राउन्ड रोविन आधारमा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशले ६ मध्ये ५ खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । सुदुरपश्चिमले ६ मध्ये ४ खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा रहदै लुम्बिनीसँगको फाइनल भिड्न्त पक्का गरेको थियो । पुरा पढौ

सदस्य–सचिव र क्रिकेट खेलाडीको भेट

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष÷महिला क्रिकेट खेलाडीले मंगलबार भेट गरेका छन् । भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्ष बारे जानकारी गराएका थिए । सदस्य–सचिव घिसिङले क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए । पुरा पढौ

गण्डकी प्रदेशको दोस्रो जित

पोखरा अर्जुन कुमालको व्याटिङ र कमल परियारको बलिङ प्रेरित गण्डकी प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशले प्रदेश नं २ लाई ५५ रनले पराजित गर्दै दोस्रो जित निकाल्दा परियार प्लेयर अफ दि म्याच घोषित भए । रोशन विक र तीर्थराज दासको जोडीलाई किरण पौडेलको बलमा कमल परियारले क्याच गरेपछि साझेदारी टुटेपछि प्रदेश नं २ कमजोर बन्न पुग्यो । रोशन विक २३ रनमा पभेलियन फर्किएपछि धर्मराएको प्रदेश २ लाई… पुरा पढौ

कर्णालीमाथि गण्डकीको ३ विकेटको जित

पोखरा-दिपक डुम्रेको उत्कृष्ट व्याटिङ प्रेरित गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । वाई वाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अघिल्लो दुई खेलमा पराजित गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै जित आत्मसात गर्यो । कर्णालीले दिएको ११४ रनको लक्ष्यलाई गण्डकी प्रदेशले ७ विकेटको क्षतिमा पुरा गर्ने क्रममा २६.५ ओभरमा पुरा गर्यो । दिपक डुम्रेले तेस्रो नम्बरमा आउँदै ३४ रनको उत्कृष्ट प्रदर्शन गरेपछि गण्डकीले सहज जित पछ्याएको थियो । ओपनरद्वय मिलन क्षत्री र अर्जुन कुमाललाई ४ र १४… पुरा पढौ