🏏 क्रिकेट

पोलार्ड चम्किदाँ चेन्नाईमाथी मुम्बइको रोमान्चक जित

एजेन्सी वैशाख १९ । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको छ । चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । जसमा  केइरोन पोलार्डको विष्फोटक व्याटिङले जितका लागि सहज बनायो । उनले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले । जसमा  ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरेका थिए  । यस्तै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५… पुरा पढौ

पञ्जाब किंग्सले बैंगलोरलाई हरायो

एजेन्सी, वैशाख १८ । लयमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरलाई रोक्दै पञ्जाब किंग्सले इन्यिन प्रिमियर लिगमा पराजित गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको खेलमा पञ्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो । यससँगै पञ्जाबले जारी लिगमा तेस्रो जित निकालेको छ । पराजित बैंगलोरले पनि दोस्रो खेल गुमाउन पुगेको छ । पञ्जाबले दिएको १ सय ८० रनको लक्ष्यका जावाफी ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि कप्तान विराट… पुरा पढौ

दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लियो

दिल्ली, वैशाख १७ । कोलकाता नाइट राइडर्समाथि ७ विकेटको फराकिलो जित निकाल्दै दिल्ली क्यापिटल्सल इन्डिय प्रिमियर लिग (आईपीएल) तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर गरेको हो । दिल्लीको जितमा पृथ्वी शले सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ्स खेले । ४१ बलको सामना गरेका शले ११ चौका र ३ छक्का प्रहार गरे ।यस्तै शिखर धवनले ४६ रन बनाउँदा कप्तान ऋषव पन्त १६… पुरा पढौ

मुम्बईको तेस्रो जित, राजस्थान ७ विकेटले पराजित

दिल्ली, (एजेन्सी)– राजस्थान रोयल्समाथि बिहीबार ७ विकेटको जित निकाल्दै भारतमा जारी इन्डियन प्रिमियर लिग आईपिएलमा मुम्बई इन्डियन्सले तेस्रो जित हात पारेको छ । दिल्लीमा बिहीबार सम्पन्न खेलमा प्लेयर अफ दि म्याच घोषित भएका क्विन्टन डि ककको अविजित ७० रनको सहयोगमा मुम्बई इन्डियन्सले मुम्बईले तेस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७२ रनको लक्ष्य मुम्बईले १८.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्दा जारी लिगमा तेस्रो जित निकालेको हो । मुम्बईको जितमा कुर्नाल पाण्डेले ३९ रन बनाउँदा यस्तै सूर्यकुमार… पुरा पढौ

नेपाल त्रिकोणात्मक टी- २० सिरिज च्याम्पियन

पोखरा-नेदरल्याण्डलाई १४२ रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि रक्षा गरेको छ । शनिबार त्रिभुवन विश्वद्यालयको मैदानमा भएको फाईनलमा टस हारेर व्याटिङ गरेको नेपालले दिएको २३८ रनको लक्ष्य पछ्याएको थियो नेदरल्याण्ड ९६ रनमै समेट्दै उपाधि रक्षा गरेको हो । म्याक्स ओ डोडले ओपनिङ गर्दै २० रन बनाए । पिटर सेलर १३ रनमा आउट भए । सेवास्टियन ब्रातले नटआउट २६ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउनबाट चुके । अघिल्लो खेलमा नेपाललाई ३ विकेटले पराजित गर्दै… पुरा पढौ

नेदरल्याण्डलाई जितको लागि २३९ रनको लक्ष्य

पोखरा-नेपालले आज उपाधि रक्षा गर्ने ध्येयसहित नेदरल्याण्ड विरुद्ध फाईनल खेल्ने क्रममा रनको लक्ष्य दिएको छ । ओपनर कुशल भुर्तेले र कुशल मल्लको अर्धशतकीय योगदानमा ३ विकेटको क्षतिमा २३८ रन बनाउँदै २० ओभरको इनिङ्ग पुरा गर्यो । नेपालले मलेसियलाई ६९ रनले पराजित गर्दै अंकतालिकामा शीर्षस्थानमा रहँदै फाईनलमा भेट नेदरल्याण्डसँग हुन पुगेको थियो । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले टस हार्दै व्याटिङ गर्दै भुर्तेलको उत्कृष्ट इनिङ खेल्ने क्रममा ७७ रन बनाए । पहिलो विकेटको रुपमा नेपालले आशिष शेखलाई गुमाउन पुथ्यो । आशिष… पुरा पढौ

नेपाल र नेदरल्याण्डबीच त्रिकोणात्मक सिरिजको फाईनल

पोखरा-नेपालले नेदरल्याण्डसँग आज फाईनल खेल खेल्दै छ । मलेसिया, नेपाल र नेदरल्याण्ड बीचको तीन देशबीचको त्रिकोणात्मक टी–२० आई सिरिजको फाईनल त्रिभुवन विश्वविद्यालयको मैदानमा हुदैं छ । नेपालले पहिलो खेलमा नौ विकेटको जित दर्ता गरेका थियो । तर दोस्रो खेलमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गर्दै फाईनल सुरक्षित गरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डले नेपालले दिएको २०७ रनको लक्ष्यलाई ७ विकेटको क्षतिमा पुरा गरेको थियो । पुरा पढौ

मलेसियामाथि नेपालको फराकिलो जित

काठमाडौं-मलेसियालाई ६९ रनले पराजित गर्दै आयोजक नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै त्रिकोणात्मक शृखंलाको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न लिगको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको मलेसियाले १९।१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४८ रन जोड्न सक्यो । मलेसियाका लागि अमिनुद्धिन राम्लीले सर्वाधिक ४१ रन बनाउँदा कप्तान अहमेद फैजले ३१ रनमा पवेलियन फर्किनु… पुरा पढौ

नेपालद्वारा मलेसियालाई २१८ रनको चुनौति

पोखरा-सातौं नम्बरमा आएका अलराउण्डर करण केसीको विष्फोटक व्याटिङ गरेपछि नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । कुशल मल्लसँग जमेका करणले केवल १३ बल खेल्ने क्रममा ४५ रन हिर्काए । अर्धशतक नजिक पुगेका केसी सायज अजिजको बलमा अन्वर रहमानको हातबाट क्याच भए । उनले १८ औं ओभरमा चार छक्का हिर्काउँदै नेपालको नेटरनरेटलाई माथि पुर्याएका थिए । कुशल मल्लले १० बलमा १९ रन बनाउँदै अविजित रहने क्रममा ६ छक्का प्रहार गरेका थिए । नेपालका ओपनर कुशल भुर्तेल भने आज सस्तैमा आउट… पुरा पढौ

मलेशिया र नेदरल्यान्ड्सले बराबरी खेल्दा नेपाल फाइनलमा

काठमाडौं- वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेशियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोर्णात्मक शृखंलामा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइए पनि ९२ रनको नयाँ लक्ष्य पाएको मलेशियाले ४ विकेट गुमाएर ९१ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा घटेको खेलमा १ सय… पुरा पढौ