पोखरा-आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ मस्र्याङ्दी क्लबको थप यात्रा टुंगिएको छ। पोखराको मैदानमा गर्विलो इतिहास बनाएको मनाङ मस्र्याङ्दी आमन्त्रित टोली बिवाईएससी मिनेसोटा अमेरिकासँग १–० गोलमा पराजित हुदैं पहिलो खेलबाटै बाहिरिने इतिहास बनायो । पाहुना टोलीको लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकन टोलीले सेमिफाईनल सुरक्षित गर्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाईज युनाईटेडसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ । हेक्टर ओर्टेगाको पासलाई सदुपयोग गर्दै…
पुरा पढौ