⚽ फुटबल

सेमिफाईनल समीकरण पुरा

पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको शुक्रबार सेमिफाईनल समीकरण पुरा भएको छ । शुक्रबार पोखराको अमरसिंह माविको खेल मैदानमा भएको पहिलो क्वार्टरफाईनलमा एक्स पोखरालाई १–० गोलले पराजित गर्दै हेटौडा भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको हो । खेलको २८ औं मिनेटमा अनुप लामाको गोल निर्णयक बन्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।दोस्रो क्र्वाटर फाईनल खेलमा काठमाडौंको नाईटकिङ्स सानो गौचरनले चितवन भेट्रान्सलाई ३–१ गोलले हराउँदै सेमिफाईनल सुरक्षित गर्यो । खेलमा… पुरा पढौ

आयोजकका दुबै टोली पराजित

पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एटए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताबाट आयोजकका दुवै टोलीले सुखद नजिता आत्मसात गर्न सकेनन् । दुवै टोली बाहिरिदाँ अन्तिम आठमा प्रवेश गर्ने सपना अधुरै रह्यो । ४५ वर्षमाथिको उमेर समूहको पहिलो पटक आयोजित एटए साईड फुटबलमा आयोजकका दुबै टोली पराजित हुन पुगे । बलियो टोली मानिएको ए.बि.सी निलो पेनाल्टी सुटआउटमा पराजित हुदैं बाहिरिन पुग्यो । उदघाटन खेलमा आयोजक ए.बि.सी निलो र एक्स वारियरको खेल भने निकै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समय गोलरहित टुंगिएको… पुरा पढौ

सहारा एकेडेमीलाई केसी परिवारद्वारा सहयोग हस्तान्त्रण

पोखरा-स्व. सुर्यबहादुर केसी परिवारले सहारा एकेडेमीलाई १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । केसी परिवारको एकेडेमीलाई सहयोग यो दोस्रो पटक हो । गत वर्ष पनि केसी परिवारले एकेडेमीलाई १५ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । सहयोग हस्तान्तरणसँगै सहारा एकेडेमीको नाम ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी राखिएको थियो । बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाईसहयोग गरेको हो । केसीकी धर्मपत्नी प्रेम कुमारी केसीले सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ… पुरा पढौ

प्रथम ए.बि.सी एटए साईड राष्ट्रिय भेट्रान्स फुटबल

पोखरा-फुटबलमा लामो समयदेखि सक्रिय रहँदैआएको अमरसिंह ब्वाईज क्लबले पहिलो पटक एट ए साईड फुटबल प्रतियोगिता आयोजनाको जमर्को गरेको छ । अमरसिंह ब्वाईज क्लबले प्रथम एबिसी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गर्ने अन्तिम तयारीमा जुटेको छ । पोखराको अमरसिंहचोकस्थित अमरसिंहमाविको खेल मैदानलाई आवश्यक मर्मत सम्भार गरी आवश्यक तयारीलाई अन्तिम रुप दिईसकेको छ । प्रतियोगिता यही कार्तिक १७ गते बिहीबारदेखि ४५ वर्ष उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने छ । प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौं, बुटबल र धनगढीका गरी… पुरा पढौ

फुटबलर देवकोटालाई बगर भाइखलको लाख सहयोग

पोखरा-फुटबलर अञ्जन देवकोटालाई बगर भाइखलकले उपचारका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।पोखरेली फुटबलर देवकोटाको बायाँ घुँडाको अप्रेशनका लागि १ लाख सहयोग प्रदान गरिएको पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका भाइखलकका सदस्य इश्वर (चन्द्र) गुरुङले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका १ निवासी फुटबलर देवकोटालाई स्पोर्टस् क्यासलमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको हो । फुटबलर देवकोटा दमौलीमा भएको खेलमा घाइते भएका थिए । ‘उनको सामान्य उपचारले मात्रै नहुने भएपछि अप्रेशन नै गर्नुपर्ने भनिएपछि… पुरा पढौ

सशस्त्रलाई फुटबलमा स्वर्ण, आर्मी सडनडेथको शिकार

पोखरा-सशस्त्र प्रहरी बलले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको फुटबलको स्वर्ण पदक जित्दा नेपाल आर्मी पोखरा रंगशाला फुटबल मैदानमा सडन डेथको शिकार बन्न पुग्यो । निर्धारित समयमा पटक पटक भाग्यमानी देखिएको नेपाल आर्मी पेनाल्टी सुटआउटमा अभागी बन्यो । सडन डेथमा पुगेको पेनाल्टी सुटआउट अन्तत ६–५ गोल अन्तरले पराजित हुन पुग्यो । पाँच पाँच पेनाल्टी सुटआउटमा ४–४ गोल भएपछि सडन डेथमा निर्णय भएको थियो । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद ः गण्डकीको जित

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल तर्फ गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ ।पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा प्रदेश नं.१ लाई २–० गोल अन्तरले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । समूह ए तर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफ गरेको हो । गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे । निकै आक्रमक खेल पस्किएको गण्डकीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो । जया गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई अग्रता १–०… पुरा पढौ

गण्डकी विजयी

स्याङ्जा-गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।वालिङमा जारी प्रतियोगिता अन्र्तगत दोसो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३३ औ मिनेटमा गण्डकीकी शान्ती नेपालीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् ।त्यस्तै खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन । पुरा पढौ

लुम्बिनीमाथि आर्मीको सजिलो जित

पोखरा -नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । शुक्रबार लामाचौरस्थित लामाचौर खेल मैदान गोस्तेघाटमा भएको प्रतिस्पर्धमा आर्मीले ४–१ गोल अन्तरले पराजित गरेको छ । आर्मीका लागि पहिलो गोल दिनेश हेमजनले पहिलो गोल गरे । उनले खेलको १५ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए ।दोस्रो गोल भने आर्मीले उपहार प्राप्त गर्यो । दिपसन ठकरीको अत्मघाती गोलबाट आर्मीले अग्रता दोब्बर बनायो । जर्र्जप्रिन्स कार्कीले आर्मीका लागि अर्को गोल थप्दै लुम्बिनीमाथि दबाव बनाए… पुरा पढौ

एनआरएनको विजयी शुरुवात

पोखरा–१९ लामाचौरस्थित गोस्ते खेलमैदानमा बिहीबारदेखि फुटबल प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरेको प्रतियोगितामा गैर आवासिय नेपाली(एनआरएन)ले प्रदेश नं १लाई पराजित गर्दै सुखद शुरुवात गरेको छ । एनआरएनले प्रदेश १ लाई २–० को कठिन जित निकाल्यो । एनआरएनका लागि सन्जोग राईले खेलको ९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । निकै प्रतिस्पर्धात्मक खेलमा एनआरएनले दोस्रो हाफमा दोस्रो गोल गर्दै जित पक्का बनायो । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै जित सुनिश्चित… पुरा पढौ