⚽ फुटबल

कास्की ११ र नेपाल प्रहरी गण्डकी बीच उदघाटन खेल

पोखरा-साविक विजेता कास्की ११ ले विभागीय टोली नेपाल प्रहरी गण्डकीसँग उदघाटन खेल्दै २६ औं संस्करणको आदर्श कप फटुबल प्रतियोगिताको शुरुवात गर्ने छ । आदर्श क्लब भण्डारढीकको आयोजनामा यही माघ ९ गतेदेखि शुरु हुने २६ औं संस्करणको आदर्श कप फटुबल प्रतियोगिताको अन्तिम तयारीमा रहँदा क्लबले खेल तालिका समेत सार्वजनिक गर्यो । खेल तालिका अनुसार आयोजक आदर्श क्लबले वालिङस्थित होराईन क्लबसँग खेल्ने छ । प्रतियोगितामा गन्नी एफसी पर्वत, तनहुँ जिल्ला फुटबल संघ, म्यादी जिल्ला खेलकुद विकास समिति म्याग्दी र सशस्त्र प्रहरी बल… पुरा पढौ

२५ औं आहा रारा गोल्डकप फ्लड लाईटमा गर्ने सहाराको तयारी

कास्की -आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल मैदानमा फ्लडलाईटमा आहा रारा गोल्डकप हुने छ । फ्लड लाईट जडान गर्ने विषयमा सहारा क्लबले सम्झौता समेत गरिसकेको छ । प्रतियोगिताको उदघाटन नै बत्तीमा खेलाउने योजनासहित काम अघि बढाइएको सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिनुभयो । “उदघाटन खेल नै बत्तीमा खेलाउने… पुरा पढौ

गुरुङद्वयद्वारा फुटबल संघलाई बल हस्तान्तरण

पोखरा-कास्की जिल्ला फुटबल संघलाई शनिबार १८ वटा फुटबल हस्तान्तरण गरिएको छ । पोखरा १३ बाझापाटन निवासी हाल युकेमा रहेका प्रेम गुरुङ र बुद्ध गुरुङले कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष स एवं कास्की जिल्ला फुटबल संघ एकेडेमीका संयोजक समेत रहेका नरेन्द्रजंग गुरुङलाई १८ वटा बल हस्तान्रण गरेका छन् । हस्तान्तरित बल एकेडेमीको लागि प्रयोग गरिने संघले जनाएको छ । सहयोगी गुरुङ दाजुभाइ कास्की जिल्ला फुटबल संघको कोषाध्यक्ष हितमान गुरुङ सहोदर दाजु हुन् । सहयोग स्वरुप प्राप्तभएको बल पोखरा रंगशालामा सञ्चालित फुटबल… पुरा पढौ

राष्ट्रिय लिगको यात्रामा एलजीको सहयोग अपिल

पोखरा-एन्फा प्रेसिडेण्ट लिग विजेता पोखराको एलजी एशोसियशनले राष्ट्रिय लिग प्रतियोगिताको लागि आर्थिक सहयोगको आह्वान गरेको छ । गण्डकी प्रदेशकै एक मात्र क्लब एलजीले राष्ट्रिय लिग खेल्न एक करोड भन्दा बढी खर्च हुने भन्दै त्यसको लागि सहयोगको लागि आह्वान गरेको हो । क्लबले लिगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने जनाउँदै प्रतियोगिताको स्तर अझ उच्च हुने विश्वास लिएको छ । क्लबले एन्फा प्रेसिडेण्ट लिग खेल्ने क्रममा ५० लाख रुपैयाँ भन्दा बढी खर्च भईसकेको जनाउँदै अध्यक्ष डम्बरजंग गुरुङले लिग विजेता हुने श्रेय… पुरा पढौ

प्रशिक्षणको लागि लामाचौर खेल मैदानको मर्मत सम्भार

पोखरा-माघ १५ गते साफ यु १९ महिला च्याम्पियनसिप पोखरा आयोजना गर्ने मिति तय भएसँगै कास्की जिल्ला फुटबल संघले प्रशिक्षणको लागि लामाचौर खेल मैदान गोस्तेको मर्मत सम्भार शुरु गरेको छ । च्याम्पियनसिपमा सहभागि टोलीलाई प्रशिक्षणको लागि अत्यावश्यक फुटबल मैदानको लागि लामाचौर खेल मैदानलाई अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा साफको टोलीले निरिक्षण गरेपछि मर्मत सम्भार गर्नुपर्ने सुझाव दिएको थियो । सुझावसँगै कास्की जिल्ला फुटबल संघले प्रशिक्षणको लागि मैदान मर्मत सम्भारको काम शुरु गरेको छ । मैदानसँगै चेन्जिङ रुम बनाउने योजना समेत… पुरा पढौ

दोभान कपको उपाधि रामघाटलाई

पोखरा-राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि उचालेको छ ।दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्यु स्टार एलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने न्युस्टार बिले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । उपाधिसंगै रामघाटले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको न्युस्टार… पुरा पढौ

दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

पोखरा- रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विजि गाइजले जित हासिल गरेको छ । विजी गाइजले भिरचोक तमु समाजलाई २–० गोलअन्तरले हराउँदै पहिलो जित दर्ता गरेको छ । रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले पालिकाले खेलकुदको विकासका लागि हातेमालो गर्दै आइरहेको बताइन् । आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्… पुरा पढौ

पोखरामा जनवरी २९ मा यु१९ महिला साफ च्याम्पियनसिप

पोखरा- ६ वर्षपछि पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुदैं छ । आगामी जनवरी २९ (माघ १५ गते)देखि पोखरामा यु १९ साफ महिला फुटबल च्याम्पियनसिप हुने तयभएको छ । आयोजनाको पूर्वसन्ध्यामा अखिल नेपाल फुटबल संघ(एन्फा) र साफ महासचिवसहितको टोलीले भौतिक पूर्वाधारको अवलोकन गरेको । एकमहिना भन्दा पनि कम समय रहेको च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ(एन्फा) र साफ प्रतिनिधिको टोलीले पोखरा रंगशाला फुटबल मैदानसहितको भौतिक पूर्वाधारको अवलोकन गरी सुधार गर्न सम्बन्धीत निकायलाई निर्देश गरेको छ । पोखरामा अखिल नेपाल फुटबल संघ(एन्फा)को… पुरा पढौ

२५ औं संस्करण आहा रारा गोल्डकप माघ अन्तिम साता

पोखरा-सहारा क्लबले गोल्डकप आयोजना गर्दै आएको आहा रारा गोल्डकपको २५ औं वसन्त पुगेको छ । २५ औं संस्करणको आहा रारा गोल्डकप आगामी माघ २७ देखि फागुन ९ गतेसम्म आयोजना हुने मिति तय भएको छ । क्लबले रजत जयन्ती फुटबल प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउने योजनासहित अघि बढेको छ । तीन विदेशी क्लब, आयोजक र अन्य ए डिभिजनका क्लबलाई प्रतियोगितामा समावेश गर्ने योजना क्लबको छ । पोखरा महानगरपालिकासँग समेत सहकार्य गर्दै भगिनी सम्बन्ध विस्तार भएका विदेशी शहरको फुटबल टिमलाई पोखरा… पुरा पढौ

प्रेसिडेन्ट कपको लागि एलजी हेटौडा प्रस्थान

पोखरा-हेटौडामा आयोजना हुने प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको लागि सहभागिता जनाउन पोखराका एलजी एशोसियसन नेपाल क्लबका खेलाडीलाई मंगलबार बिदाई गरिएको छ । २२ खेलाडी तथा तीन अफिसियलसहितको टोली आज हेटौडा पुग्ने छ । प्रेसिडेन्ट कपमा एलजीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने छ । कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङ, महासचिव पदम गुरुङ लगायतले खादा लगाई विदाई गरे । एलजी एशोसियसन नेपालका अध्यक्ष डम्बरजंग गुरुङले यात्राका शुभकामना एवं जितको कामनासहित… पुरा पढौ