⚽ फुटबल

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपसमिति गठन

पोखरा-आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को विभिन्न उपसमिति गठन गरिएको छ । आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता संयोजक वरिष्ठ उपाध्यक्ष केशवराज बराल चयन भए भने मूल आयोजक समिति सदस्यसचिवमा क्लब महासचिव रामजीप्रसाद अधिकारी छन् ।यस्तै, अर्थ संकलन समिति संयोजकमा सुनिल गुरुङ, प्रचारप्रसारमा दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालन संयोजकमा प्रकाश शेरचन, शन्तिसुरक्षामा खेमबहादुर गुरुङ, खेलमैदान व्यवस्थापनमा तोरणबहादुर बानियाँ, आवास व्यवस्थापनमा मुछेत्र गुरुङ, अतिथि सत्कारमा… पुरा पढौ

आगामी पुस १३ गते पोखरामा स्पानिस फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता

पोखरा-पोखरामा आगामी पुस १३ गते स्पेनिस फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुदैं छ । स्पानिस फुटबल क्लब(सिपी कासेरेनो) र गण्डकी प्रदेशको टिम बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने छ । स्पानिस फुटबल क्लबलाई पोखरामा ल्याउने पहल कास्की जिल्ला फुटबल संघले गरेको हो । नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता प्रस्ताव भने स्पेनस्थित लुम्बिनी गार्डेन फाउण्डेशनले गरेको हो । शान्तिका लागि फुटबल भन्ने नारासहित आगामी पुस १३ गते पोखरा र आगामी पुस १५ गते काठमाडौंमा नेपाली राष्ट्रिय टोली विरुद्ध मैत्रीपूर्ण खेल हुने तय भएको… पुरा पढौ

सहारा र हिमश्री फुड्स बीच पुनः दशवर्षे सम्झौता

पोखरा-सहारा क्लब पोखरा र हिमश्री फुड्स प्रालि बीच दशवर्षे सम्झौता भएको छ । क्लब र फुड्स बीचको सम्झौता यो तेस्रो पटक हो । हिमश्री फुड्ससँग पहिलो दशवर्षे सम्झौता भएपछि पोखरामा क्लबले आहा गोल्डकप शुरु गरेको थियो । आहा गोल्डकपको दशवर्षे सम्झौता सकिएपछि फुड्स प्रालिले दोस्रो पटक दशवर्षे सम्झौता गर्यो । दोस्रो सम्झौतापछि क्लबले आहा! रारा गोल्डकपको नामबाट फुटबल प्रतियोगिता सञ्चालन गर्यो । दुई दशकको सम्झौता टुंगिएपछि सहारा क्लब र हिमश्री फुड्स बीच तेस्रो पटक दशवर्षे सम्झौता भएको छ । सम्झौतापत्रमा… पुरा पढौ

जापानको उत्कृष्ट कमब्याक जित, जर्मन स्तब्ध

पोखरा-विश्वकप विजेता जर्मनी जापानसँग स्तब्ध बनेको छ । जर्मनीले पनि अर्जेन्टिनाजस्तै नियति भोग्यो । अग्रता लिएरपनि जोगाउन नसकेको अर्जेन्टिना साउदी अरेबियासँग पराजित भएको चर्चा सेलाउन नपाउँदै उस्तैगरी जर्मनी जापानसँग पराजित हुन पुग्यो । जापानले दोस्रो हाफमा आक्रमक तर सुधारिएको प्रदर्शन गरेपछि उत्कृष्ट कमब्याक जित निकाल्यो । पहिलो हाफमा पेनाल्टीबाट पछि परेको जापानले दोस्रो हाफमा दुई गोल गर्दै जर्मनीमाथि २-१ गोलले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो । बुधबार विश्वकप अन्तर्गत समूहचरणको प्रतिस्पर्धामा खेलको ३३ औं मिनेटमा जर्मनीले अग्रता लियो ।… पुरा पढौ

अर्जेन्टिना साउदी अरेबियासँग स्तब्ध

पोखरा-अर्जेन्टिनामाथि साउदी अरेबियाले ऐतिहासिक जित निकालेको छ । फिफा विश्वकपमा साउदी अरेबियाले महत्वपूर्ण तीन अंक जोेडेको छ । साउदी अरेबियाले मंगलबार अर्जेन्टिना विरुद्ध उत्कृष्ठ कमब्याक गर्दै २-१ गोलले पराजित गर्दै उत्कृष्ठता नमूना पेश गर्यो । खेलको पहिलो गोल गर्दै अर्जेन्टिनाले साउदी अरबमाथि दबाव सृजना गर्यो । खेलको ८ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । भिडियो असिस्टेण्ट रेफ्री(भिएआर)को सहयोगमा प्राप्त पेनाल्टीलाई मेस्सीले खेलको १० औ. मिनेटमा गोल गरेका थिए । तर अर्जेन्टिनाको अग्रता दोस्रो हाफमा… पुरा पढौ

कतार ईक्वेडरसँग पराजित

पोखरा-कतारमाथि महत्वपूर्ण जित निकाल्दै ईक्वेडरले फिफा विश्वकपमा सुखद शुरुवात गरेको छ । आयोजक कतारमाथि २-० गोलले पराजित गर्दै ईक्वेडरले समूह चरणको खेलमा तीन अंक मात्रै जोडेन इतिहास समेत कोर्यो । तेस्रो मिनेटमा गोल गर्दै घरेलु टोली कतारमाथि अग्रता लिएको ईक्वेडरलाई भिडियो एसिसेन्ट रेफ्री (भिएआर)ले मान्यता दिएन् । तर खेलको १६ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ईक्वेडरले घरेलु टोली कतारमाथि महत्वपूर्ण अग्रता लियो । पेनाल्टीलाई एनर भ्यालेन्सियाले गोल गर्र्दै फिफा विश्वकप २०२२ मा आयोजक कतारमाथि दबाव सृजना गर्यो । पहिलो… पुरा पढौ

एन्फा टेक्निकल सेन्टरबारे स्थानीयसँग छलफल गर्छौ–बरिष्ठ उपाध्यक्ष खड्का

पोखरा-कास्कीको माछापुच्छ्रे गाँउपालिका भिंडाबारी निर्माणाधिन एन्फा टेक्निकल सेन्टरको विषयमा अखिल नेपाल फुटबल संघ(एन्फा)का बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले सेन्टरको यथार्थ बुझ्न स्थानीयसँग छलफल गर्ने बताएका छन् । उनले योजना रद्द भईनसकेको जनाउँदै स्थानीय सरोकारवालासँग बसेर छलफल गरेर अगाडि बढ्ने स्पष्ट पारे । ‘एन्फा टेक्निकल सेन्टर योजना रद्द भएको छैन् । तर दुई खोलाको बाढीको त्रासको हल्ला छ’ उनले शनिबार पोखरामा बि.जी फुटबल एकेडेमीको उदघाटन गर्दै भने–‘स्थानीयसँग बसेर छलफल गरेर अगाडि बढ्छौं ।’ कास्कीको धितालस्थित भिंडाबारीमा तीन वर्ष अघि एन्फा टेक्निकल सेन्टर… पुरा पढौ

पूर्व राष्ट्रिय खेलाडी गौचनको फुटबल एकेडेमी सञ्चालनमा

रिठेपानी, पोखरा-लामो समय जापान बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले पोखरा २७ रिठेपानीमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन् । व्यक्तिगत १५ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर गौचनले बि.जी फुटबल एकेडेमी सञ्चालनमा ल्याएका हुन् । एकेडेमीको शनिबारदेखि विधिवत रुपमा उदघाटन गरिएको हो । एकेडेमीको उदघाटन गर्दै अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले फुटबल एकेडेमीलाई एन्फाले आवश्यक प्रशिक्षक तथा खेल सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले एकेडेमीले आवश्यक पर्ने प्रशिक्षक र खेल सामाग्री माग गरे उपलब्ध गराउने स्पष्ट… पुरा पढौ

आहा राराको २१ औं सस्करण पुस १२ गतेदेखि

पोखरा-आहा रारा गोल्डकपको २१ औं सँस्करण आगामी पुसको दोस्रो साताादेखि पोखरा रंगशालामा शुरु हुने छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले मोफसलका नकाउट फुटबल प्रतियोगितालाई मिति तय गर्ने सन्दर्भमा नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगितालाई पुसको १२ गतेदेखि आयोजना गर्ने गरी घोषणा गरेको हो । कास्की जिल्ला फुटबल संघले क्लबको पत्रलाई आधार मान्दै गोल्डकपको लागि पुस १२ गतेदेखि आयोजना गर्ने गरी मागेको मितिलाई नै एन्फा समक्ष पत्रचार गरेको थियो । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने अभियानका… पुरा पढौ

बगरभाइ खलक र हिमालयन ब्रअरी बीच पाँच वर्षे सम्झौता

पोखरा-पोखरामा भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको शुरुवात गरेको बगर भाइखलकले झण्डै एकदशकपछि मुख्य प्रायोजक पाएको छ । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम’ अभियानसँगै भेट्रान्स फुटबल प्रतियोगिताको जग बसालेको बगर भाइखलकलाई हिमालयन ब्रुअरीले मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको छ । ब्रुअरी र बगर भाइखलक बीच पाँच वर्षे सम्झौता भएको हो । मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । बगर भाइखलकले उमेर ढल्कदै गएपछि स्वास्थ्यप्रति सचेत रहनुपर्छ भन्ने सन्देशसँगै युवापुस्तालाई खेलकुदप्रति अभिप्रेरित गर्दै आएको छ । चौधरी ग्रुपको मुख्य उत्पादन हिमालयन… पुरा पढौ