⚽ फुटबल

चौथो पटक थपियो पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद

खेलाडी न्युज(पोखरा)-पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद फेरी थप गरिएको छ । चौथो पटक म्याद थप गर्दै आगामी मंसिर मसान्तसम्मको म्याद कम्पनीले पाएको छ । मंसिर मसान्तभित्रमा रंगशाालको भिआईपी प्यारापिटको सम्पूर्ण काम सक्ने कम्पनीले जनाएको छ । मैदानको पूर्व तर्फ निर्माण गरिने अफिसियल भवनको भने राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति भईसकेको छैन् । परिषदबाट भवन निर्माण गर्न स्वीकृति दिएको छ महिनाभित्रमा काम फत्ते गर्ने कम्पनीले जनाएको छ । कोरोना त्राससँगै लकडाउनले काम गर्न नपाउँदा ठेकेदार कम्पनीलाई भने आर्थिक भार बढेको छ… पुरा पढौ

डम्बरलाल माकाजू..‘पोखरेली फुटबलका सफल कप्तान’

धन बस्नेत, पोखरा -विजय टिम ! नाम त्यसै राखिएको भने होईन् । एकपछि अर्को विजय प्राप्त गरेपछि टिमको नाम नै विजय टिम राखियो । छ दशक अघि पोखरामा खासै फुटबल थिएन् । पोखरामा फुटबल शुरुवात भएकै २००९ सालदेखि हो । त्यसभन्दा अघि फुटबल कस्तो हुन्थ्यो । जानकारी कमैलाई मात्रै थियो । २००९ सालबाट फुटबलको शुरुवात हुन पुग्यो । देहरादुनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्रयाएको इतिहास भेटिन्छ । तीन वर्षपछि विजय टिमको शुरुवात भयो । त्यसको कप्तानी भने डम्बरलाल माकाजूले… पुरा पढौ

६५ वर्ष वित्यो पोखराको फुटबल

धन बस्नेत, पोखरा-विश्वमै सर्वाधिक लोकप्रिय खेलकुद हो फुटवल । त्यसैले भन्न गरिन्छ फुटबललाई किङ अफ दि गेम । पोखरामा ६५ बर्षअघि फुटवल भित्रिएको हो । २००९ सालबाट फुटबलको शुरुवात हुन पुग्यो । देहरादुनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्रयाएको इतिहास भेटिन्छ । २०१३ सालमा डम्बरलाल माकाजूको कप्तानीमा विजय टिम बनाइएको थियो । उतिवेला बगरस्थित पुरानो टुडिखेल र नेपाली सेनाको फुलबारी व्यारेकको मैदानमा मात्रै फुटबल खेलिन्थ्यो । पाँच दशक अघि स्थानीय रामकृष्ण टोलमा जागृति क्लब, आर्मीको टिम, अम्मरसिंह माविको टिम, भैरव… पुरा पढौ